Kanakai Online

बिर्तामोडमा युवकद्वारा छुरा प्रहार गरी युवतीको हत्या, युवकलाई गाउँलेले हाने राम धुलाई


शुक्रवार, भदौ २८, २०८१ |

कनकाई अनलाईन

झापाको अर्जुनधारा नगरपालिका ६ बिर्तामोड शनिश्चरे रोडस्थित महानन्द चोकमा आज शुक्रवार साँझ ६ बजेर ४० मिनेटमा एक युवकले लगातार छुरा प्रहार गर्दा सुर्योदय नगरपालिका १० फिक्कल घरभई हाल बिर्तामोडमा रहदै आएकी १९ बर्षिय मनिसा लोहारको मृत्यु भएको छ ।


कैलाली जिल्ला गौरीगंगा नगरपालिका ३ बस्ने २० बर्षिय अनिल विकले त्यी युवतीलाई धारिलो हतियार प्रहार गरि १९ बर्षिय युवती मनिसा लोहारलाई सख्त घाईते बनाएका थिए ।


लगातार शरिरमा छुरा प्रहार गरि घाईते बनाएकी युवतीलाई उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा लगिएकोमा उपचारका क्रममा राती ७ बजेर १० बजे युवतीको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गर्ने ती युवालाई गाउँलेले लखेटेर पक्रेको बताइएको छ ।

उनीलाई गाउँलेले कुटपिट गरेर सख्त घाईते बनाएको र उनको समेत विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना के कारणले घटेको हो भन्ने वारेमा र ती युवकमाथि कुटपिट गर्ने समुहका वारेमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टको नेतृत्वमा हाल खोज ीगर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

चार दिनअघि केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो ।
झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।