कनकाई अनलाईन
झापाको मेचीनगर(१४ की चेली तुलसामाया शिवाकोटी ९दिक्षा० को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार ञएभरेस्ट बुचरीझमा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही ञबुचरीझ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् ।
अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन ९८ सेप्टेम्बर० भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो । काउण्टरमा दिक्षालाई नदेखेपछि रबिले खोजीकार्य बढाएको उनको भनाई छ । छोरी दिक्षा हराएकी रहिछ, दिक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, ञअघिल्लो दिन गफ गरेकी छोरिलाई पटकपटक फोन गर्दा लागेन अनि ज्वाईं रबिलाई गरेपछी मात्रै हराएको कुरा थाहा भएको थियो । सिड्नी शहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ शहरमा कतै झुक्किइँ होला भन्ने लाग्दै ज्वाईंलाई खोज्न आग्रह गरे ।झ
सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराएलगत्तै रबिलाई फोन गरेर पुलिस केश गर्न भनिन् । रबिले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दिक्षालाई न रबिले नै भेटे न स्थानीयले ।
रबिले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर वेपता भएकी पत्नी खोजीदिन भन्दै निवेदन गरेका थिए । अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयनुसार १०स्४ बजे पसलबाट निस्किएकी दिक्षालाई झन्डै २५ किलोमिटरदुरिमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शंकास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुशन्धानकै क्रम रहेकाले उनको शब हालसम्म परिवारलाई दिएको छैन ।
दिक्षाको मृत्यु कि हत्या रु
२०५३ सालमा जन्म भइ २७ वर्षकी दिक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शंकास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भनेपनि आत्महत्या दुरुत्साहनको कानूनी प्रक्रिया अघि बढाउने दिक्षाको माइती पक्षको भनाइ छ ।
दिक्षा झापा मेचीनगर(१४ रामनगरस्थित उनका बुवा टंकप्रसाद र आमा अम्बिका शिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु बिदेशमै छन् ।
शालीन, मृदुभाषी, असिलो स्वभाव र परोपकार(सहयोगी मनकी धनी दिक्षाको मृत्युको खवरले परिवार, आफन्त र मेचीनगर(११ र १४ घरछिमेकी शोकमा डुबेका छ्न् । माइती घरमा दैनिक आफन्त र इष्टमित्रको घुइँचो बढेको छ ।
अस्ट्रेलियास्थित विभिन्न संस्थाको भनाईस्
उता सत्यतथ्यका लागि प्रहरीको अनुशन्धानकै क्रममा रहेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिए । अस्ट्रेलिया आएको ४ महिनामै कसरी उनको मृत्यु भयो उनका पति, आफन्त, साथिभाई या पारिवारिक समस्याकै कारण पनि हुनसक्ने अध्यक्ष ओलीको भनाई छ ।
घटनाको हुलियाँको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दिक्षाको माइततिर ञसुसाइडझ घटना हो भनेर खबर गरेपछि घटना शंकास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाई छ । यद्यपि अस्ट्रेलियन प्रहरीले कुनै दवाब र प्रभाव बिना त्यसको सत्यतथ्य पत्ता लगाउन हामी पनि सहयोग गर्छौ, उप्रेतीले भने,ञअस्ट्रेलिया आएकै ४ महिनामा मृत फेला हुनुको रहस्यमय, शंकास्पद र पहिलो घटना हो । यसअघि पनि यस्ता घटना भए तर, यति छोटो समयमा चै घटना भएको थिएन ।झ
बहुसंख्यक नेपालीको बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा भएको घटना रहस्यमय भएको गैरआवासीय नेपाली समाज ञएनआरनाझ संयोजक दिनेश पोख्रेलले बताए । प्रहरीको अनुसन्धानकै क्रममा भएकाले त्यसलाई सघाउने र परिवारलाई एक्लै भएको महसुस नगर्नसमेत संयोजक पोख्रेलले आग्रह गरे ।
उनले अस्ट्रेलियामा रहेका कुनैपनि समस्यामा परेका नेपालीले सम्पर्क गर्नसमेत आग्रह गरे ।
दिक्षा र रबिको बैवाहिक सम्बन्ध कसरी बड्योस्
अनामनगरस्थित श्रीकृष्ण प्रसाईंका छोरा रबिले गत २०८० असार २९ गते दिक्षासँग बिधिवत रुपमा मागी बिहे गरेका थिए । । बिहेपछि रबिका लागि दिक्षा दोस्रो पत्नी बनिन्। बिहेपछी सिड्नीकै पिआर कार्ड प्राप्त रबि अस्ट्रेलिया प्रस्तान गरेका थिए । अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्निसँग सम्बन्ध बिच्छेद गरेर बसेका रबि र बिदेशबाट नफर्केका श्रीमानलाई सम्बन्ध बिच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी बिवाह भएको थियो । रबिको पहिलो पत्नीसँग २ जना छोरा अस्ट्रेलियामै छ्न् । तीमध्ये १ जना साबालक र १ जना नाबालक भएकाले ती नाबालकलाई अस्ट्रेलियामा ञचाइल्ड हेल्पझ अन्तर्गत रबिले नै लालनपालनको खर्च बेहोर्दै आएका छ्न् । पहिलो पत्नी अस्ट्रेलियाको न्यु साउथ वल्स प्रान्तमा दुई छोरासँग बस्दै आएकी छन् ।
दिक्षाको अस्ट्रेलिया पुग्ने सपनास्
बिहेपछी दिक्षाले अनामनगरमै केही गर्न सकिने भन्दै रबिलाई पनि सम्झाएकी थिइन् । तर, नेपालको अर्थतन्त्रको अवस्था र अस्ट्रेलियाको पिआर सुबिधा उपभोग गर्न सासू(ससुराले पनि सझाएपछि दिक्षाले अस्ट्रेलिया पुग्ने रहर र खुसी जागेको थियो ।
दिक्षालाई अस्ट्रेलिया पठाउन परिवार अभिभावकले निकै मेहनत गरेका थिए । दिक्षाले पनि परिवारले अपेक्षा गरेको भरोसालाई शिरोधार्य गर्न ३ महिनासम्म एकैदिन ४ वटासम्म तालिम र कक्षा लिएकी थिइन् । ड्राइभिङ, पार्लर, आर्टकोर्ष र ल्याङ्वेजको तालिम लिएकी हुन् । डिपेन्डेन भिषाको लामो समय लाग्ने भएपछि गत २०८१ बैशाख २१ गते भिजिट भिषामा अस्ट्रेलिया पुगेकी थिइन् ।
४ महिना अघि मात्रै अस्ट्रेलिया पुगेकी उनी हरितालिका तिजकै दिन २०८१ भदौ २१ व्रत बसेर माइतमा दुई दिदिहरु र आमा(बुवासँग लाइभ भिडियो कलमा तीजको गीतमा छ्मछ्मी नाचेर देखाएकी थिइन् । अन्य भिडियोमा उनकी साथी र पति रबिसँग बनाएको भिडियो पनि पोष्ट गरेकी थिइन् । माइती र आफन्त पक्षले प्रहरी अनुशन्धानपछि नेपालमै सब ल्याइदिन आग्रह गरेका छन् ।