Kanakai Online

युवानेता नेम्बाङ्गको पहलमा युवालाई लागुऔषधबाट रोक्न खेल सामाग्री प्रदान


शनिवार, भदौ २२, २०८१ |

लीलाराज झापाली
आज झापाको शिवसताक्षी नगरपालिका १ शुक्रवारे बजारआसपासका युवालाई लागुऔषध दुव्यर्सनीबाट रोक्नका लागि पर्याप्त खेल सामाग्री प्रदान गरिएको छ ।


स्थानीय युवा व्यक्तित्व तथा कलाकार माओवादी नेता दुर्गा नेम्बाङ्गले विदेशमा रहनुभएका प्रवाशी झापालीहरुबाट सहयोग रकम जुटाएर गाउँका युवावर्गलाई खेल सामाग्री प्रदान गरिएको हो ।

विशेष कार्यक्रमका विच युवालाई फुटबल, चेस, भलिबल, क्रिकेट, टेवलटेनिस र खेलमा लगाइने जर्सी नेट लगायातका खेल सामाग्री एकसाथ हस्तानतरण गरिएको हो ।


विशेष कार्यक्रमका विच कोशी प्रदेशका पुर्व कृषि मन्त्री झलसिंह दर्लामी सन्देश, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थ्रोप्रा रोशन, कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चन्द्रकुवेर खापुङ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मिनल केसी लगायातले स्थानीय खेलाडीहरुलाई उक्त खेल सामाग्री प्रदान गर्नुभएको हो ।


युवालाई खेल क्षेत्रमा लगाईरहन सकिएको खण्डमा उनीहरुमा स्वास्थ्य र अनुशासन कायम राख्न र लागुऔषधबाट टाडै रहन मद्धत मिल्ने भएकोले आफुले समन्वय गरेर निजि तर्फबाट भएपनि खेलसामाग्री वितरण गरेको दुर्गा नेम्बाङ्गले बताउँनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व कोशी प्रदेशका कृषि मन्त्री दर्लामीले लागुऔषध विरुद्धको सचेतना र न्युनिकरणका लागि प्रहरी र सरकारको मात्रै प्रयासले सम्भव नहुने भन्दै सचेत युवको प्रयासले दुव्यर्सनी रोक्न मद्धत पुग्ने बताउँनुभयो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थोप्राले खुल्ला सिमानाका कारण झापामा लागुऔषध नियन्त्रण ठुलो चुनौतीका रुपमा रहेको भन्दै झापामा लागुऔषध नेपाल भित्रनबाट रोक्न झापाका सबै १५ पालिकाहरुले साझा कार्यक्रम बनाएर लागु गर्न लागिरहेको बताउँनुभयो ।


कोशी प्रहरी प्रमुख खापुङले लागुऔषध दुव्यर्सन न्युनिकरणका लागि खेलकुदमा जोडन सकियो भने यसले न्युनिकरण गर्ने बताउँनुभयो । घरमा सबैभन्दा सचेत आमा हुनुपर्नेमा कोशी प्रहरीले आमाहरुलाई सचेतना कार्यक्रम लगायातका कार्यहरु गरिदै आएको बताउँनुभयो । लागुऔषध नियन्त्रणका लागि आफ्ना परिवारका सदस्यहरु दुव्यर्सनमा पर्नसाथ आफ्ना परिवारका सदस्य छुट्टाउन लागिपर्ने कारण पनि नियन्त्रणमा समस्या भएको बताउँनुभयो ।


जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक मिलन केसीले झापामा हरेक बर्ष कम्तीमा ५ प्रतिशतका दरले यसका प्रयोकर्ता र कारोवारी बढिरहेको बताउँनुभयो । झापामा यस आर्थिक बर्षमा मात्रै अढाई केजी ब्राउनसुगर बरामद गरेको बताउँदै अब घर घरबाट लागुऔषधलाई हस्तक्षेप नगर्दा यसले देशमा संकट ल्याउने बताउँनुभयो । लागुऔषध नियन्त्रणका लागि सामुहिक पहल हुने आवश्यक रहेको प्रहरी प्रमुख केसीले बताउँनुभयो ।


खेलसामाग्री वितरण कार्यक्रममा पत्रकार डिकेश लामा, किरात याक्थुङ थुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक, सताक्षीधाम जेसिजका अध्यक्ष दारुमान राई, दुधे बजार व्यावस्थापन समिति अध्यक्ष सन्तोस थ्रोपा, खेल सामाग्री बुझ्ने खेलाडी रविन थापा लगायातले युवा नेता दुर्गा नेम्बाङको कार्यप्रति खुलेर प्रसंसा गर्नुभयो । २ पटकसम्म शिवसताक्षी नगरपालिका १ बाट माओवादी केन्द्रका तर्फबाट निर्वाचन लडेका नेम्बाङ दुबैपटक झिनो मतअन्तरले पराजित भएपनि उहाँले यस क्षेत्रका युवा र विकासका लागि अहोरात्र खटिआएको भन्दै नेम्बाङको प्रसंसा गरेका थिए । कार्यक्रममा स्वागत ज्ञानेन्द्र तिम्सिनाले गर्नुभएको थियो भने सञ्चालन पत्रकार देशराज नेम्बाङले गर्नुभएको थियो ।