Kanakai Online

कनकाई नगरमा खेलकुद एकाडेमी सञ्चालन हुदै


बुधवार, भदौ १९, २०८१ |

कनकाई अनलाईन
कनकाई नगरस्तरीय खेलकुदलाई विकास गर्दै विद्यालय स्तरीय हरेक खेलकुदमा विद्यालयबाटै खेलाडी उत्पादन र उनीहरुबिचमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यका साथ कनकाई माध्यमिक विद्यालयमा पहिलोपटक कनकाई मावि स्पोटर्स क्लव गठन गरिएको छ ।


जिल्ला खेलकुद विकास समिति र कनकाई माविको प्रत्यक्ष संरक्षण रहनेगरि गठित समितिको अध्यक्षमा रोजित पौडेल –फुटबल) रहनुभएको छ । यसैगरि १५ सदस्यीय समितिको उपाध्यक्षमा अर्पण राई (कराते) सचिवमा अञ्जलि माझि – कबड्डी ) सहसचिवमा प्रज्जल सिटौला( चेस) र कोषाध्यक्षमा आयशा लिम्बु(कराते) रहनुभएको छ भने सदस्यहरुमा गृष्मा खड्का –भलिबल) निमन श्रेष्ठ( भलिबल) श्रृजना गौतम – भलिबल) दिक्षित ताजपुरिया( वास्केटवल) रोहन गुरागाई( क्रिकेट) शेशिना लिम्बु( फुलवल) सविन चेम्जोङ – कवड्डी) प्रजिता लक्सम लिम्बु( फुटबल) संन्दिप बिमली – एक्लेटिक्स) र प्रज्वल भट्टराई क्रिकेट रहनुभएको छ ।


कनकाई नगरपालिकाको यस विद्यालयमा सञ्चालनमा रहने यस स्पोटर्स क्लवले कम्तीमा नगरपालिकाभरका अन्य स्कुल समेतका विद्यार्थीहरुलाई खेलकुदमा सीप सिकाएर स्थानीयदेखि राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको यस क्लवका संरक्षक समेत रहनुभएका जिल्ला खेलकुद विकास समितिका प्रवक्ता समेत रहनुभएका जिल्ला कराते महासंघका अध्यक्ष जगन कार्की दुर्बासाले बताउँनुभयो । कनकाई नगरपालिकाभित्र यस अघि समेत कनकाई खेलकुद प्रतिष्ठान गठन गरिएको छ । तर यस प्रतिष्ठानले आफ्नो उद्धेश्य अनुसार काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना हुदै आएको छ ।


स्पोटर्स क्लवले कनकाई मावि मात्रै नभएर अन्य नगरभरिको खेलकुद गतिविधिलाई चलायमान पार्ने लक्ष्य रहेको कनकाई माविका प्रअ कर्णबहादुर डाँगीले बताउँनुभयो । यस क्लवलाई कनकाई नगरपालिका र जिल्ला खेलकुद विकास समितिमा दर्ता गरिने जनाइएको छ ।


स्पोटर्स क्लवको गठन कार्यक्रममा खेल क्षेत्रका सामाजिक व्यातित्व खड्गबहादुर कार्कीले यस क्लवलाई चलायमान बनाउन र राष्ट्रिय खेलाडी उत्पादनको थलो बनाउन आफु र देशका तीनै तहका सरकारले कुनै कसर बाकी नराख्ने प्रतिवद्धता जनाउँनुभयो । कार्कीले विद्यालय भनेको शिक्षाको मन्दिर भएको र यस मन्दिरलाई शिक्षाको साथसाथै खेलकुदको विषय पनि समावेश गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।

खेलकुद स्वास्थ्यका लागि मात्रै नभएर अब जिविकोपार्जनका लागि पनि खेलकुद भएको भन्दै कनकाई नगरका खेल क्षेत्रमा यस क्लवले अबका दिनमा खेलाडी उत्पादनका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कनकाई माविका शिक्षक अभिभाव संघ पिटिएका अध्यक्ष दावा सेर्पा, जिल्ला कराते महासंघका सहसचिव राजेन्द्र लिम्बु, कनकाई माविका सहायक प्रअ हरिप्रसाद तिम्सिना, कनकाई माविका शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडा, कनकाई नगर शिक्षक महासंघका अध्यक्ष चन्द्रप्रसाद पोखरेल, कनकाई माविका शिक्षक खेमराज भट्टराई, मोतीबहादुर बुडाथोकी, निर्मला भट्टराई, कर्मचारी गणेश संग्रौला लगायातको सहभागिता रहेको थियो । कार्यक्रम कनकाई माविका प्रअ कर्णबहादुर डाँगीको सञ्चालन र कनकाई माविका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा स्पोटर्स क्लवका अध्यक्ष रोजित पौडेलले क्लवले कनकाई नगरको खेल क्षेत्रलाई अगाडि वडाउने विश्वास र प्रतिवद्धता जनाउनुभयो ।

भिडियो हेर्नलाई यो लिंक खोल्नुहोला ।

https://fb.watch/uqxw2hzrfu

सम्बन्धित खबर