Kanakai Online

दमकमा गौ हत्या, अध्यक्ष लिङ्देनद्वारा सरकारको ध्यानाकर्षण


बुधवार, भदौ १९, २०८१ |

कनकाई अनलाईन
बिर्तामोड । दमक २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको गाई चोरेर हत्या गरिएको छ । विष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर हत्या गरिएको हो ।
गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको अवस्थामा गाई भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।
विष्टको कोरली गाई कुशल पौडेलको घर अगाडि लगेर काटेको दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको दमकमा भएको गौहत्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले दमकको घटनापछि सामाजिक संजालमार्फत अर्काको गोठको गाई चोरेर हत्या गर्नु निन्दनीय र चरम अराजकता हो भन्दै यस प्रकारका कार्यहरू अविलम्ब रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यो हदको कार्य किन हुन्छ र यस्ता कार्यहरुका लागि के र कसले प्रेरणा दिन्छ रु भन्दै प्रश्न गरेका छन् ।