कनकाई अनलाईन
झापाको बाह्रदशी ५ स्थित कन्चनज्योती अंग्रेजी माविले विविध कार्यक्रमका बिच यस बर्षको तीज मिलन कार्यक्रम भब्यताका साथ मनाएको छ ।
हरेक बर्ष हरितालिका तिजको कार्यक्रम मनाउँदै आइरहेको यस विद्यालयले यस बर्ष पनि सास्कृतिक कार्यक्रमका विच दर खाएर तिज मिलन कार्यक्रमको आयोजना गरिएको हो ।
अभिभावक, भुतपुर्व विद्यार्थी, समाजका लब्ध प्रतिष्ठित ब्याक्तित्वहरु, जेष्ठ नागरिकहरु, महिला बर्गको उल्लेख्य सहभागितामा आयोजित तीजको कार्यक्रममा विद्यार्थीहरुद्धारा तयार पारिएको नृत्य, गायन, नाटक लगायातका मनोरञ्जनात्मक प्रस्तुतिहरु राखिएको थियो भने कार्यक्रमा विद्यालय अभिभाव संघकी अध्यक्ष कोपिला पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । भने अतिथिहरुमा बाह्रदशी गाउँपालिका वडानम्बर ५ का सदस्य जय तिम्सिना, समाजसेवी खिनामाया कटुवाल, सञ्चारकर्मी सन्तोस बेघा, अभिभावक तुलसी सुवेदी, जुनु उप्रेती मैनाली, दिया घिमिरे कटुवाल, लगायातले तीजको महत्वमाथि प्रकाश पार्दै विद्यालयले नेपालीहरुको महान पर्व तीजको सस्कृतिको जर्गेनामा विद्यालयको अहम भुमिका रहेको बताउँनुभयो ।
कार्यक्रम विद्यालयका प्रअ निमेश ढुङ्गेलको सभापतित्वमा भएको थियो भने तीज मिलन कार्यक्रममा विद्यालयकी इन्चार्ज रोश्नी ढुङ्गेलले स्वागत गर्नुभएको थियो कार्यक्रमको सञ्चालन विद्यालयको शिक्षक अनुप भट्टराईले गर्नुभएको थियो । तिज मिलन कार्यक्रममा विद्यालयका शिक्षक युवराज बरालद्धारा लिखित, निर्देशित तथा विद्यालयका विद्यार्थी अभिनित नाटक प्रेम प्रस्तुत गरिएको थियो । सोही अवशरमा विद्यालयका अभिभावकका लागि विभिन्न प्रतियोगितात्मक प्रस्तुतिहरु राखिएको थियो अभिभावहरुमा बिजयी प्रतियोगि प्रथम श्रृजना घिमिरे, दोस्रो क्रेशिका तिम्सिना र तृतिय क्षितिज आचार्यलाई पुरस्कृत गरिएको थियो । विद्यालयले विगत २०५६ सालदेखि विद्यालयका विद्यार्थीमा अन्र्तनिहित प्रतिभाको प्रस्फुटन गर्दै कला सस्कृतिको जर्गेनाका लागि उक्त तीज मिलन कार्यक्रमको आयोजना विद्यालयले सञ्चालन गर्दै आइरहेको विद्यालयका शिक्षक जनक न्यौपानेले बताउँनुभयो ।