कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा आयोजित निजि तर्फको विद्यालयमा प्यारागन एकाडेमीले कनकाई नगरको इसिए प्रतियोगितामा सर्वोकृत नजिता ल्याउन सफल बनेको छ ।
कननकाई नगरपालिका ७ दुर्गापुरमा आयोजित नगरस्तरीय प्रतियोगितामा प्यारागनले ४ विधामा प्रथम हुदै जिल्ला स्तरीयमा छनौट हुन सफल बनेको हो । प्यारागनले हिज्जे प्रतियोगिताको छात्र छात्रा दुबै विधामा प्रथम स्थान हासिल गरेको छ भने बक्तृत्वकलामा समेत छात्रमा जेनिस काफ्ले प्रथम भएका छन भने प्रावितर्फको हाजिरी जवाफमा समेत प्रथम स्थान हासिल गरेका छन । यसैगरि झापा मेरिगोल्डले २ विधामा प्रथम स्थान हासिल गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
झापा मेरिगोल्डले कविता तर्फको छात्र तथा छात्रा दुबै विधामा प्रथम स्थान हालि गरेको हो । मेरिगोल्डले छात्रा तर्फ लीला मैनाली र छात्र तर्फ रायनसिंह अधिकारी प्रथम स्थान हासिल गरेका छन । यसैगरि पशुपति अंग्रेजी माविले वतृत्वकला प्रतियोगितामा छात्रा तर्फ प्रथम स्थान हासिल गरेको छ । पशुपतिकी प्राप्ति गौतम प्रथम स्थान हासिल गरेकी छिन भने हाजिरी जवाफमा समेत पशुपति माविले प्रथम स्थान हासिल गरेको छ ।
भएको प्रतियोगितामा कविता प्रतियोगितामा छात्रामा पशुपति मावि सुरुङ्गाकी सुमिना गुरागाई र तेस्रो स्थानमा बेनुबाजाकी रिदिमा खतिवडा भईन । यसैगरि छात्र तर्फ कविता प्रतियोगितामा दिव्यरत्नका आयुस नेपाल दोस्रो र प्यारागनका अंकित दाहाल तेस्रो भए ।
यसैगरि हिज्जे प्रतियोगितामा छात्र तर्फ झापा मेरिगोल्ड र पशुपति अंग्रेजी मावि दोस्रो स्थानमा आउँदा विद्योदय अंग्रेजी मावि तेस्रो स्थान हासिल गर्न सफल भए । यसैगरि छात्रा तर्फमा हिज्जेमा पशुपति अमावि दोस्रो र हरिकुल नमुना र झापा मेरिगोल्ड दुबै विद्यालय तेस्रो स्थान हासिल गरेका छन ।
यता वतृत्वकलामा छात्रा तर्फ माउण्ट अन्नपुर्णकी एन्जिला खड्का दोस्रो र हरिकुल नमुनाकी एलिना राई तेस्रो स्थान हासिल गरेका छन ।
यता छात्र तर्फ वक्तृत्वकलामा हरिकुलका पिन्जल पौडेल दोस्रो र झापा मेरिगोल्डका अनिस आचार्य तेस्रो भएका छन ।
यता हाजिरी जवाफ तर्फ माविमा ग्लोवल एडुकेयर दोस्रो र पारिजात शिक्षा निकेतन तेस्रो भएका छन । भने प्रावि तर्फको हाजिरी जवाफमा ग्लोबल एडुकेयर एकाडेमी दोस्रो र पारिजात शिक्षा निकेतन तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।
पुरस्कृत मध्ये प्रथम स्थान हासिल गर्ने सबैजना विद्यार्थीले कनकाई नगरपालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन । विजयी सबै विद्यार्थीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिका शिक्षा तथा खेलकुद प्रमुख राजकुमार ओडारी , झापा गाउँपालिका शिक्षा प्रमुख जीवन ढकाल, कनकाई नगर ब्यासन अध्यक्ष बिनोद सुब्बा लगायातले पुरस्कार प्रदान गर्नुभयो । यता कार्यक्रममा बोल्दै
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई शिक्षाको हव बनाउनका लागि कुनै कसर बाकी नराखेको बताउँनुभएको छ ।
कनकाई नगर ब्यासनद्धारा नवयुग शिक्षा निकेतन दुर्गापुरमा आयोजित अन्तर स्कुल इको प्रतियोगिता कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले कनकाई नगरपालिका मात्रै देशमा एउटा यस्तो नगरपालिका हो जसले निजि विद्यालय र सहकारी विद्यालय दुबैखाले विद्यालयमा अध्यान गर्ने विद्यार्थीहरुलाई खेलकुद लगायातका अतिरिक्त क्रियाकलापका लागि विना भेदभाव सहयोग गरिरहेको बताउँनुभयो । नगरपालिकाले कनकाईका. सबै विद्यालयहरुमा कविता लेखन, साहित्य खेलकुद शारिरीक तथा मानशिक वृद्धि विकास लगायातका सबै अतिरिक्त क्रियाकलापमा अन्तर विद्यालय कार्यक्रमका लागि नगरपालिकाले सहयोग गरिरहेकै बताउँनुभएको छ ।
यसको मुल उद्धेश्य भनेको सबै विद्यार्थीहरुमा कुनै न कुनै किसिमको गुणहरु आफुमा रहेको हुने र यसलाई अगाडि बढाउनका लागि स्थानीय सरकारले मद्धत गर्ने बताउँनुभयो । विद्यार्थीले जन्मदै आफ्नोखालको गुण लिएर आएको हुने र यसलाई प्रस्फुटन गर्न नगरपालिकाले मद्धत गर्ने बताउँनुभएको छ । पढेर मात्रै नहुने तर विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभाका कारण अन्य खेल, व्यावसाय गरेर पनि जिविको पार्जन गर्न सक्ने भन्दै यसका लागि अतिरिक्त क्रियाकलाका लागि नगरले वातवरण श्रृजना गर्ने र कनकाईलाई शिक्षाको हव बनाउनका लागि नगरपालिका लागिपरेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । यसैविच जिल्ला स्तरीय विभिन्न हाजिरी जवाफ, कविता, र वक्तुत्वकला प्रतियोगितामा छनौट हुने र प्रथम दोस्रो र तेस्रो हुने कनकाईका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रम ब्यासन कनकाईका अध्यक्ष बिनोद सुब्बाको सभापतित्व तथा सचिव मोहन थापाको सञ्चालन कोषाध्यक्ष विनोद उप्रेतीले स्वागत गर्नुभएको थियो ।
भिडियो हेर्नलाई यो लिंक खोल्नुहोला ।
https://fb.watch/uqyOnlCaNG/