Kanakai Online

कनकाईमा डेँगु नियन्त्रणका लागि विशेष अभियान सुरु


बिहिवार, भदौ १३, २०८१ |

कनकाई अनलाईन
जिल्लामा डेंगुको प्रखोप बढेसगै झापाको कनकाई नगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।
अघिल्ला बर्षहरुमा डेंगुका लागि औषधि छिटने लगायातका गतिविधि गर्दै आइरहेको कनकाई नगरपालिकाले यस बर्ष भने आज सुरुङ्गाको होटल डिलाईट सभाहलमा सरोकारवालाहरुसग व्यापक छलफल पछि नियन्त्रणका लागि मच्छडको खोजविन कार्यलाई सुरु गरिएको छ ।


कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्यका फोकल पर्सन युवनाथ बरालले झापाका यसको प्रभाव र डेंगु संक्रमण फैलनका लागि हामीले गर्ने गल्तीका वारेमा बताउँदै जिल्ला र देशकै समस्याका रुपमा रहेको यस समस्याबाट मुक्ति पाउनका लागि सरोकारवालापक्ष सबै एकजुट हुन आवश्यक रहेको बताउँनुभयो ।


कार्यक्रममा कनकाई नगर अस्पतालकी मेडिकल प्रमुख डाक्टर विद्या पोखरेलले डेंगुबाट बच्न अपनाउनुपर्ने सर्तकर्ता र डेंगुका विरामीले अपनाउँनुपर्ने सावधानीका वारेमा बताउँदै डेंगु कुनै रोग नभएरकोले झोलिलो खानेकुरा खाने र डेँगुका विरामीलाई विचमा स्वास्थ्यमा जे समस्या आउँछ त्यहिको उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफु नेतृत्वमा आएको बर्षहरुबाटै डेंगुको नियन्त्रणका लागि विषादी छिटदै आएकोमा यसबर्षबाट भने अन्य सचेतना र लामखुट्टे खोजविनमा कार्यक्रम अगाडि बढाइदै आएको बताउँनुभयो । कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीको सभापतित्वमा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका वडाध्यक्षहरु, लीलाबहादुर कटुवाल, कृष्णबहादुर राई, रोषन सुवेदी, बलराम राई प्रताव, राजनैतिक दलका प्रतिनिधिहरु गोकर्णप्रसाद ओझा, यामनाथ सेढाँई, रेणुप्रसाद कडेँल, भरतकुमार श्रेष्ठ,प्रतिक राजवंशी, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख किरणकुमार मोक्तान लगायातले अन्तक्रियामा सहभागि हुदै आआफ्ना धारणा राख्नुभयो ।
यसैविच कनकाई नगरपालिकाको मुख्य बजार सुरुङ्गामा आजै लामखुट्टे रहनसक्ने र फुल पार्न सक्ने सफा पानी जम्मा भएको स्थानहरु टायर, कोक फेन्टाको खाली बोतल, पानीको खुल्ला ड्रम लगायातको खोजविन गरि पोखिएको थियो ।


यसैगति भोली शुक्रवारदेखि कनकाईका ९ बटै वार्डमा यस प्रकारको अभियान सञ्चालन गरिने कनकाई नगरपालिका स्वास्थ्य साखा प्रमुख खगेन्द्र दंगालले बताउँनुभयो । अभियान सहारा नेपालसगको सहकार्यमा आयोजना हुन लागेको हो ।