Kanakai Online

डाँफे सामुदायिक साकोसको सुरुङ्गा इकाईगत साधरणसभा


बिहिवार, भदौ १३, २०८१ |

कनकाई अनलाईन
झापाको दमकमा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रको इकाईगत साधरणसभा सम्पन्न भएको छ ।


कनकाई नगरपालिका ३ की कार्यवाहक वडाध्यक्ष कृष्णमाया भुजेलको प्रमुख आतिथ्यतामा आयोजित इकाईगत साधरणसभामा डाफे सामुदायिक सहकारीका अध्यक्ष तुलाराम न्यौपानेले डाफे सामुदायिक सहकारीले हालसम्म ल्याएका कार्यक्रमहरुका वारेमा बोल्दै अन्य सहकारीभन्दा डाफे सामुदायिक सहकारीले वेग्लै पहिचान बनाएको बताउँनुभयो ।

डाफे साकोसले दमकमा रबर खेती सुरु गरेको जानकारी दिदै, सहकारीले आफ्ना सहकारीमा विभिन्न वाल वचत खाताहरु सञ्चालनमा रहेको तथा आफ्ना सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई लक्षित गरि सहकारीले तालिमको आयोजन ागर्ने, आफ्ना सदस्यहरु विरामी पर्दा सहकारीले सल्यक्रिया खर्च प्रदान गरेको, प्राणघातक रोग लाग्दा समेत उपचार खर्च दिदै आएको जानकारी दिनुभयो । अध्यक्ष न्यौपानेले डाँफे साकोसले महिला सदस्यहरुका लागि तिज विशेष बचत खाता लगायात सञ्चालन गरिरहेको बताउँनुभयो ।


साथै सहकारीमा राम्रो कारोबार गर्ने शेयर सदस्यहरुलाई ग्रिन कार्डको समेत व्यावस्था गरि विशेष सुविधा प्रदान गरिएको बताउँनुभयो ।
डाँफे साकोसले शेयर पुजी ७ करोड, ३३ लाख ६२ हजार ६०० रुपैँया रहेको र यस आर्थिक बर्षमा कुल ९२ लाख १७ हजार ७७५ रुपैँया खुद नाफा कमाउन सफल भएको जानकारी दिनुभयो ।
यता कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका ३ की कार्यवाहक वडाध्यक्ष कृष्णमाया भुजेलले डाफे सामुदायिक सहकारीका सबै कार्यहरु लोकप्रिय रहेको पाएको भन्दै केहि सहकारीका कारण सच्चा सहकारीले समस्या भोग्नुपरिरहेको बताउँनुभयो । साथै आफुपनि यस डाफे साकोसको शेयर सदस्य हुने घोषणा गर्नुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका महिला वालवालिका तथा अपाङ्ग विभाग प्रमुख टिका खतिवडाले समेत कनकाई नगरपालिकामा सञ्चालित केहि सहकारीका कारण सहकारीले बदनामी कमाएको बताउँनुभयो ।


कार्यक्रममा शिक्षासेवी जनार्दन उप्रेती लगायातले मन्तव्य राख्नुभएको थियो । डाफे साकोस सुरुङ्गा सेवा केन्द्रका संयोजक विरेन्द्र बहादुर खड्काले स्वागत गर्नुभएको कार्यक्रममा, विद्यार्थी इतिसा ढकालले सहकारी कविता प्रस्तुत समेत गर्नुभएको थियो ।
सहकारीका सुरुङ्गा सेवा केन्द्र सदस्य सीताराम न्यौपानेको सञ्चालनमा आयोजित कार्यक्रममा मेचीकाली पैदलयात्री हरिप्रसाद तिम्सिना, सहकारीका उपाध्यक्ष सन्तोसकुमार श्रेष्ठ, कोषाध्यष निर्मला गजुरेल लगायाको आतिथ्यता रहेको थियो । यसैविच डाँफे सामुदायिक सहकारीको केन्द्रिय अधिवेशनका लागि सुरुङ्गा सेवा केन्द्रबाट सुबास न्यौपाने र दिपेन्द्र पराजुलीलाई प्रतिनिधिका रुपमा छनौट गरेको छ ।