Kanakai Online

नेपालमै उत्पादित एक्सिस ब्राण्डका सामाग्रीहरु पुर्वमा


आइतवार, भदौ ९, २०८१ |

कनकाई अनलाईन
नेपालमै उत्पादित एक्सिस ब्राण्डका विभिन्न टि–ग्रिड, जीआई प्रोफाईल, सिलिङ्ग टाइल्स, सिमेन्ट बोर्ड लगायातका सामाग्रीहरु पुर्वी नेपालमा विक्री सुरु भएको छ ।


झापा विर्तामोडमा विशेष कार्यक्रमको आयोजना गरि एआई ग्रुप अफ कम्पनीले उत्पादन गरेको सिमेन्ट टायल्स बोर्ड लगायातका विभिन्न उत्पादनहरुको विक्री प्रवद्धन बिर्तामोडमा गरिएको हो । एआई ग्रुप अफ कम्पनीको आधिकारिक विक्री केन्द्र स्वीट्स होम डेकेरेशन विर्तामोडको आयोजनामा भएको कार्यक्रममा एक्सेस कम्पनीका अध्यक्ष नवराज राउतले स्वदेशी पौरख स्वदेशी गौरव भन्ने कम्पनीको मुल नारा रहेको र आफ्नो टिमले लामो समयदेखि विदेशी भुमिबाट नेपाली बजारमा आयत गर्दै आइरहेको विभिन्न सिमेन्ट बोर्ड, जिप्सन सामाग्रीहरु, युपिभिसीका सामाग्रीहरुलाई नेपालमै पहिलोपटक उत्पादन गरेर बजारमा ल्याएको बताउँनुभयो ।


आफ्नो बषौको अनुभवहरु प्रयोग गरेर नेपाली हावापानी सुवाउदो सामाग्रीहरु एक्सिस ब्राण्ड दिएर उत्पादन गरेकोले बषौसम्म खिया नलाग्ने र ग्वारेन्टी समेत प्रदान गरिएको कम्पनीका अध्यक्ष राउतले जानकारी दिनुभयो । नेपालमै उत्पादन गरिएको हुदा विदेशबाट आयतित सामाग्रीहरुभन्दा कम मुल्यमा गुणस्तरीय सामाग्रीहरु उत्पादन गरिएको राउतले जानकारी दिनुभयो ।


विदेशमा उत्पादित सामाग्रीहरु प्रयोग गर्दा कुनै समस्या आएमा त्यसको जिम्मेवारी हुने सम्भवना कम रहेको तर स्वदेशमा उत्पादित सामाग्रीहरु प्रयोग गर्दा समस्या पर्दा कम्पनीले जुनसुक्कै वेला प्राविधिक लगायातका सहयोग गर्ने कम्पनीका अध्यक्ष राउतको भनाई थियो ।


सोही अवशरमा कम्पनीका प्रनिनिधिहरुबाट उत्पादित सामाग्रीहरुको प्रयोग र प्राविधिक पक्षवारेमा जानकारी समेत गराईएको थियो ।


कम्पनीबाट विभिन्न ब्राण्ड र कलरमा उपलब्ध युपिभिसीहरु नेपालका विभिन्न होटल रेस्टुरा, घर, कुखुरा फार्म लगायातमा बढी लाभदायक रहेको कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन गरेका धेरै उत्पादनहरु नेपालमै पहिलोपटक उत्पादन भइरहेकोले स्वदेशको गौरवमात्रै नभएर कम खर्चमा बढी टिकाउ र ग्यारेन्टीका साथमा सामाग्रीहरु उपलब्ध गराउन कम्पनी सफल भएको बताईको छ । कम्पनीले नेपालको काठमाण्डौ र चितवनमा फ्याक्टी सञ्चालनमा ल्याएको छ भने यसका उत्पादनलाई झापामा बिर्तामोडको स्वीट्स होम डेकेरेशनले बजारमा ल्याएको हो ।


बिर्तामोडमा आयोजित विक्री प्रवद्धन कार्यक्रममा यस क्षेत्रका फल्स सिलिङ्ग, होम डेकेरेशनमा आवद्ध ठेकेदार, मिस्त्री, पसल सञ्चालक, डोकेर इन्जिनियर लगायातको सहभागिता रहेको थियो भने एक्सिस कम्पनीका अध्यक्ष नवराज राउत, निर्देशक किरण श्रेष्ठ, जेनेरल मेनेजर विनोद घिमिरे, एक्सिस कम्पनीका मेनेजर टोपराज तिम्सिना , फ्याक्टी मेनेजर लक्ष्मी दुलाल लगायातले उत्पादित सामाग्रीहरुको प्राविधिक पक्ष र यसका उपयोगिताका वारेमा जानकारी दिनुभयो ।


कार्यक्रममा सहभागिहरुले कम्पनीका उत्पादित सामाग्रीको गुणस्तर, ग्यारेन्टी र प्रयोगवारे सहभागिले जिज्ञासा राखेका थिए भने झापाका आधिकारिक डिलर स्वीटस होम डेकेरेशनका सञ्चालक चन्द्र अधिकारीले आफुले समेत जीवनमा सिकेका ज्ञानसीपलाई आधार बनाउँदा विदेशबाट सामानहरु मगाउँदै काम गर्नुपर्दाको पिडा सुनाउदै अब ती दिनहरुबाट नेपालीहरु मुक्त भएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै नेपालमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न पाउनु गौरवको विषय भएपनि यसका सञ्चालकहरुसग आफ्नै गाउँ ठाउँमा भेटन र उहाँहरुको कुरा सुन्न कम्पनीको उत्पादनवारेमा सञ्चालकहरुबाटै साक्षत्कार हुन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर