Kanakai Online

विश्वचर्चित कालिबाबा ईलामको पर्यटकिय स्थल चेप्टीमा


मङ्गलवार, भदौ ४, २०८१ |

कनकाई अनलाईन
विश्वका चर्चित १००८ बाबा कालिदास विशेष हेलिकप्टरमार्फत पुर्वको चर्चित पर्यटयिक स्थल हेप्पी ड्रिम्स चेप्टीमा आउँनुभएको छ । बाबा कालीदास झापाको सुरुङ्गा हुदै पुर्वको चर्चित पर्यटकिय स्थल कनकाई धाम कोटीहवनको अवलोकनपछि हेलिकप्टरबाट सोझै माई नगरपालिका २ इलामको चेप्टीमा अवतरण गर्नुभएको हो । बाबा अखण्ड धाम केन्द्रिय समितिको निम्तोमा यस क्षेत्रमा आउनुभएको चेप्टी फनपार्कका सञ्चालक दिनेश शिवाकोटीले बताउँनुभयो ।

यस क्षेत्रमा धार्मिक तिर्थ अवलोकनका लागि बाबाले धार्मिक भ्रमण गर्नुभएको बताइएको छ । सो अवशरमा बाबालाई चेप्टी फनपार्कका तर्फबाट तथा अखण्ड धामका तर्फबाट अभिनन्दन समेत गरिएको थियो । अखण्ड धामका अध्यक्ष रामचन्द्र बानिया लगायातले बाबालाई सम्मान गनुभयो । बाबा कालिदास हेलिकप्टरबाटै काठमाण्डौ फर्कनुभएको थियो । बाबाले इलामको विभिन्न पर्यटकिय क्षेत्रहरु सन्दकपुर लगायात समेत हेलिकप्टरबाटै अवलोकन गर्नुभएको बताइएको छ । कालिदास बाबा झापा निवासी भएपनि हाल भारतमा रहदै आउनुभएको छ भने उहाँका विभिन्न देशमा धार्मिक अनुयायीहरु रहेका छन ।
१००८ कालिदास बाबालाई माई नगरपालिका २ चेप्टीमा विभिन्न जाति जनजातिहरुका झाँकी र पञ्चेबाजा सहित सयौ स्थानीयले स्वागत गरेका थिए ।

सम्बन्धित खबर