कनकाई अनलाईन
कनकाई धाम धार्मिक बिकास संस्थाले १००८ बाबा कालिदास परहंसजी महाराज समक्ष बिन्तिपत्र दिएको छ ।
बाबा कालिदास यस कोटीहोम क्षेत्रका स्थापना गर्ने योगी नरहरिनाथका समेत चेला भएकोले कोटीहवन आएको बेलामा बाबा समक्ष बिन्तिपत्र प्रदान गरिएको कनकाई धाम धार्मिक विकास ंसस्थाका अध्यक्ष शेरबहादुर थापाले बताउँनुभयो ।
कालिदास बाबा समक्ष लेखिएको बिन्तिपत्रमा भनिएको छ ।
यस ठाउँमा बि.स.२०४२ साल पुस महिनामा युगपूरुष योगी नरहरिनाथद्धारा तत्कालिन समयमा यस खण्डहर रुपमा रहेको कनकाई माईको बगर, मरुभुमिका रुपमा रहदै आएको कनकाई माईको पूर्वी किनारमा कोटीहवन यज्ञ लगाएर देशकै चर्चिर र ववित्र तीर्थस्थलका रुपमा विकास भएको यहाँ समक्ष जानकारी गराउँन चाहान्छौ ।
यस धार्मिक पर्यटकिल स्थलमा आजका दिनसम्म पनि हरेक शनिवार र मंगलवार मात्रै नभएर हरेक चाडपर्वहरुमा देशका कुना कन्दरामात्रै नभएर छिमेकी मुलुक भारत, भुटानहरुबाट समेत बर्षेनी हज्जारौको सङ्ख्यामा भक्तजनहरुको आगवन हुने र पुजा पाठ भाकल राख्ने गर्दै आइरहनुभएको छ ।
यस पवित्र कनकाई धामममा हरेक बर्षको मकर संक्रान्ति र बोलबमका बेला सोमवार थप हज्जारौ भक्तजनहरु आउने गर्नुभएको छ भने यस धाम परिसरमा बोलबमका बेला कनकाई आरतीको समेत आयोजना गरिदै आएको छ ।
खासमा यस कनकाई माई क्षेत्रमा पुजा आजा गर्ने भाकल राख्ने कार्य गर्दा भक्तजनहरुले चिताएको कुरा पूरा हुने माईभगवतीको दर्शन गर्दानै भक्तजनहरुको आफ्नो भाकल पुरा हुदै आएको विश्वास रहेको छ । यस पवित्र धाममा तत्कालिन समयमा आजभन्दा ४० बर्ष पहिले योगी नरहरिनाथले अग्नि हवन गरि बाल्नुभएको अग्नि अहिलेसम्म पनि निरन्तर बलिरहेको बाबा समक्ष जानकारी गराउँन चाहान्छौ । योगि नरहरिनाथकै योजना र परिकल्पना बमोजिम यस कनकाई माई क्षेत्रमा गुरुकुल सञ्चालन तथा गौशालाको स्थापना गरि सञ्चालनमा रहिआएको छ । यस धाम परिसरमा योगि नरहरिनाथ गुरुले मुख्य रुपमा अग्नि हवन गरेको पवित्र स्थलमा कोटी यज्ञश्वर शिव पाञ्चायनको मुल मन्दिर निर्माण गरिएको छ । साथै यस धार्मिक स्थलको आफ्नो स्वामित्वमा रहेको ३ बिगाह १३ कट्ठा जमिनमा विभिन्न मन्दिरहरु कोटियज्ञश्वर शिव पाञ्चायन मन्दिर, कनकेश्वर महादेव, ब्रम्हलिङ्ग, गणेश र हनुमानको मुर्ति, योगि नरहरिनाथज्युको शालिक, गौमाताको शालिक, कोटीवहन स्तम्भ हामीसग सुरक्षित रहेको श्री श्री श्री १००८ बाबा कालिदास परमहंसजी महाराज समक्ष जानकारी गराउँछौ ।
साथै यस कोटीहोम धार्मिक स्थलमा नेपालकै सबैभन्दा धेरै बन्धुहरुको आफ्नो कार्यालय तथा बन्धुभवन समेत रहेको बाबा समक्ष जानकारी गराउँछौ । यस धाम परिसरमा हालैमात्र दाताहरुद्धारा निमार्णधिन अवस्थामा लक्ष्मी नारायण मन्दिर , पञ्चमुखि हनुमान, पाथिभरा भगवतीको मुर्ति समेत प्रतिस्थापना गरिन लागेको समेत बाबा समक्ष जानकारी गराउँन चाहन्छौ ।
यस पवित्र धार्मिक स्थलमा हामीले अर्थ अभावका कारण अझैपनि योगि नरहरिनाथ गुरुले देख्नुभएको सपनालाई सार्थकता दिन सकिरहेका छैनौ । योगि नरहरिनाथ गुरुले होमादि गर्नुभएको स्थलमा निर्माण गरिएको कोटी यज्ञश्वर शिव पाञ्चायनको मुल मन्दिर आजको मितिमा आइपुग्दा ज्यादै जीर्ण भइसकेको हुदा यसलाई मर्मत गरेर मात्रै नपुग्ने यसलाई पुन निर्माण गर्नुपर्ने अवस्था रहेको छ । साथै यस कनकाई धाम समितिले थालेको सन्त कुटी निर्माण, मेचीकाली भवन समेत आवश्यक रकमको अभावका कारण अधुरो अवस्थामा रहेको र यस क्षेत्रको थप पहिचानका लागि समेत कनकाई माताको मन्दिर निर्माण हुनु जरुरी रहेको बाबा समक्ष जानकारी गराउँन चाहन्छौ ।
हाम्रो यस कोटीहोम धार्मिक विकास संस्थामा आफ्नो सामुदायिक भवन समेत नहुँदा धार्मिक कार्यक्रम बिवाह लगायातका उत्सवहरुको आयोजना गर्दा खुल्ला आकाशमुनि गर्नुपर्ने बाध्यता रहिआएको श्री श्री श्री १००८ बाबा कालिदास परमहंसजी महाराज समक्ष बिन्ती चढाउन चाहन्छौ । अर्थ अभावका कारण हामीले सञ्चालन गरिआएको गुरुकुल तथा गौशाला समेत साह्रै दुःखका साथ सञ्चालन गर्दै आएका छौ भने, यस पवित्र स्थलको विकास र माथि लैजानका लागि हाम्रो यस स्थानमा एकजना पिठाधिसको अत्यन्त जरुरी भएको छ । तर यसका लागि समेत पिठाधिस राख्नका लागि आवश्यकीय भवनको अभाव रहेको छ ।
शेरबहादुर थापा
अध्यक्ष
कनकाई धाम धार्मिक विकास संस्था कनकाई नगरपालिका ४, कोटीहवन झापा