Kanakai Online

१००८ बाबा कालिदास कोटीहोममा


सोमवार, भदौ ३, २०८१ |

कनकाई अनलाईन
विश्वप्रसिद्ध १००८ बाबा कालिदास पुर्वको प्रसिद्ध तीर्थस्थल कनकाई धाम कोटीहवनमा आउनुभएको छ ।
४० बर्ष पहिले योगी नरहरिनाथद्धारा अग्निकुण्ड हवन गरि स्थापना गरिएको यस पवित्र धाममा कालिबाबा हेलिकप्टरबाट सोझै आउनुभएको हो । योगि नरहरिनाथ कालिबाबाको समेत गुरु भएकोले आफ्ना गुरुले
स्थापना गरेको यस कोटीहवनका वारेमा बुझ्न र दर्शन गर्न आफु कोटीहवनमा आएको बाबा कालिदासले बताउँनुभयो । यसैविच कोटीहवन धार्मिक विकास संस्थाले बाबा कालिदासलाई अभिनन्दन समेत गरेको छ ।

नेपाली माटोमा जन्म लिएर विश्वलाई ज्ञान बाढन सफल हुनुभएको भन्दै कोटीहवन धार्मिक विकास संस्थाले बाबालाई सम्मान गरेको धामका अध्यक्ष शेरबहादुर थापाले बताउँनुभयो । सो अवशरमा कालिबाबाले कोटीहवन क्षेत्रमा बन्न लागेका विभिन्न धार्मिक भवन तथा सन्तकुटी लगायातको समेत अवलोकन गर्नुभएको थियो । उक्त अवशरमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्ट, अर्जुनधारा नगरपालिका प्रमुख बलदेव गोम्देन, माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बु, कालि बाबा साधना नेपालका आनन्दराज बतास, श्री शंकराचार्य पिठ साधुटारका लक्ष्मीप्रसाद खतिवडा लगायातको आतिथ्यता रहेको थियो । यस क्षेत्रका सामाजिक युवा व्यावसायी दिनेश शिवाकोटीको अग्रसरतामा बाबा झापा सुरुङ्गा आउँनुभएको हो । बाबाले यस अशवरमा नेपाललाई पुन हिन्दुराज्य घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।