Kanakai Online

नेपाल औषधि विक्री प्रतिनिधिको ५५ औ स्थापना दिवश


बुधवार, साउन ३०, २०८१ |


कनकाई अनलाईन
नेपाल औषधि तथा विक्री प्रतिनिधि नेपालको ५५ औ स्थापना दिशव विविध कार्यक्रमका बिच मनाईएको छ ।
इकाईको स्थापना दिवशको अवशरमा मोटरसाईकल र्याली निकालिएको छ ।

यसैगरि स्थापना दिवशमा अन्तरक्रिया कार्यक्रको समेत आयोजना गरिएको छ । बिर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विक्री प्रतिनिधिका केन्द्रिय सचिव डुपेन्द्र रिजालले औषधि विक्री प्रतिनिधिहरुको संगठन नेपालकै पूरानो मध्येको ट्रेड युनियन रहेको भन्दै संगठनले ऐतिहासिक महत्व बोकेको बताउँनुभयो । संगठनमा आवद्ध जोकोही सदस्यहरुलाई समस्या परेको बेला मद्धत गर्ने गरेको भन्दै मेचीमा रहेका २ सय सदस्यहरुले औषधि कम्पनी उद्योगलगायतबाट समयमा तलव नपाउने कम्पनीको वढी काम लगाउने लगायातका समस्या आउने गरेको बताउँनुभयो ।

हामी बौद्धिक श्रमिक हौ तर आफैपनि अन्याय भोगिरहनुपरेको छ, कोहीपनि सदस्य समस्यामा रहेको खण्डमा संस्थागत रुपले लडाई लडने हो सचिव रिजालले भन्नुभयो ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य भुपाल निरौला, औषधि विक्री प्रतिनिधि मेचीका संस्थापक अध्यक्ष पञ्च लिम्बु, संस्थापक सचिव विनोद आचार्य, जिल्लाका पुर्व अध्यक्ष एकराज सुवेदी, सल्लाहकार हरि पौडेल लगायातले बोल्दै एमआरहरुको संगठित एकताबाटमात्रै व्यावसायी र सदस्यहरुको हकस्थापित हुन सक्नेमा जोड दिनुभयो । उहाँहरुले केहि ५/७ जना विक्री प्रतिनिधि बसेर मेचीमा खोलिएको यस संस्थामा हाल २ सय वढी प्रतिनिधिहरु मेचीमा मात्रै संगठित रहेको र संस्थागत रुपमा विभिन्न सामाजिक गतिविधि समेत गदै आएको बताउँनुभयो ।
सोही अवशरमा नेपाल औषधि तथा विक्री प्रतिनिधिको स्थापना दिवशका अवशरमा केक काटनका साथै मोटरसाईकल र्याली समेत निकालिएको थियो । बिर्तामोड बजार परिक्रमा गरि र्यालीले वृक्षरोपण गर्दै कोण सभा समेत गरेको थियो । यसैविच पूरानो कार्यसमितिलाई सोही अवशरमा विदाई समेत गरिएको थियो ।
सचिव दिपेश संग्रौलालले सञ्चालन गरेको कार्यक्रमको स्वागत भने वरिष्ठ उपाध्यक्ष हेमन्त निरौलाले गर्नुभएको थियो । संस्थाले हरेक बर्ष केहि न केही रचनात्मक कार्य गरेर संस्थाले आफ्नो स्थापना दिवश मनाउदै आएको औषधि तथा विक्री प्रतिनिधि मेचीका अध्यक्ष कृष्ण पौडेलले बताउँनुभयो ।