Kanakai Online

हल्दिवारीमा माछाले लियो युवकको ज्यान


बुधवार, साउन ३०, २०८१ |

कनकाई अनलाईन
झापाको हल्दिबारीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । झापा हल्दीवारी गाउँपालिका ४, लक्ष्मीचौक निवासी ३० बर्षिय नरेश मोक्तानको घरछेउमा जमेको खाडलमा करेन्ट प्रवाह गरेर माछा मार्नेक्रममा मंगलवार बेलुकी ५ बजेको समयमा उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लगाउने क्रममा घाइते भएका उनलाई डुबेको अवस्थामा उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको थियो। अस्पताल पु¥याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

घटनापश्चात् जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।