Kanakai Online

कनकाईमा फोहोर नउठ्दा डेँगुको जोखिम


शनिवार, साउन २६, २०८१ |

कनकाई अनलाईन
सुरुङ्गा । झण्डै दुई सातादेखि यहाँस्थित कनकाई नगरपालिका क्षेत्रमा कुहिने तथा नकुहुने फोहोर नउठ्दा डेँगुको जोखिम बढेर गएको छ ।
लामो समयदेखि बजार क्षेत्रको फोहोर नउठदा दुर्गन्ध फैलिएको स्थानीय पासाङ्ग सेर्पाले कनकाईलाई बताउँनुभयो । यता कनकाई नगरपालिका ३ टप्पुका काजी संग्रौलाले फोहोर उठाउने गाडी हरेक शुक्रवार शुक्रवार आउने गरेकोमा ३ साता वित्दासमेत नआउदा फोहोरकै कारण गाउँघरमा डेंगु तथा हैजा फैलन सक्ने जोखिम बढेको बताउँनुभयो । यता कनकाई नगरपालिका ३ सुरुङ्गा बजारका कुमार पाठक होटलजन्य फोहोर लामो समयसम्म नउठदा झन दुर्गन्धले ग्राहक तथा होटलमा कामगर्ने कामदारलाई समस्यामा पारेको बताउँनुभयो । यता फोहोर नियमित लैजाने ठाउँमा स्थानीयले गाली गलौज गर्दै आइन्दा यस्तो गनाउने फोहोर यता नल्याउनु भनेर धक्की दिन थालेपछि फोहोर फाल्ने ठाउँ नहुदा फोहोर उठाउन नसकिएको कनकाई नगरपालिकाका सफाई कर्मचारीको भनाई रहेको छ ।
कनकाई नगरपालिका लगायात छिमेकी पालिका र स्थानीयवाशी ६०० भन्दा वढीको लगानी साझेदारीमा फोहोरलाई मोहोर बनाउने भन्दै कनकाई बिर्ता नविकरणीय उर्जा सुरु गरिएको भएपनि त्यहाँ जोडने फोहोर छुट्टाउने मेशिन कमशल पर्दा काम हुन नसकेको बताइएको छ ।
यसवारेमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले फोहोर संकलन केन्द्रमा केहि व्याक्तिको अवरोध भएको बताउँदै एकपटकलाई सम्झाई बुझाई गरिसकिएको र पुन अवरोध भएमा कानुनी उपचार खोजिने बताउँनुभयो । नविकरणीय उर्जाको मात्रै हामी भर परेका छैनौ यसअघि फ्याक्दै आएको स्थान सामुदायिक वन क्षेत्रमा समेत ठुलो खाल्डो खनेर रेडी पारेका छौ आईतवारबाट फोहोर उठछ पोखरेलले कनकाईसामु भन्नुभयो ।