Kanakai Online

झापामा डेंगुबाट शिक्षिकाको मृत्यु


शनिवार, साउन २६, २०८१ |

कनकाई अनलाईन
झापा हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको डेंगु संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासंगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो ।

मृतक पौडेल हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा शिक्षकका रुपमा कार्यरत रहनुभएको थियो । झापामा यस वर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । गत वर्ष बीएण्डसी अस्पतालमै पाँचजनाको डेंगु संक्रमणबाट मृत्यु भएको थियो । करिव आधा दर्जन डेंगुका विरामीहरु बीएण्डसी अस्पतालमा मात्रै हाल उपचाररत रहेको अस्पतालले जनाएको छ ।