Kanakai Online

सुरुङ्गा ड्राईभिङ सेन्टरले निशुल्क ड्राईभिङ सिकाउने


शुक्रवार, साउन २५, २०८१ |

कनकाई अनलाईन
यहाँस्थित सुरुङ्गा एण्ड दोमुखा ड्राईभिङ सेन्टर कनकाईले कनकाई नगरपालिकाका गरिब तथा अशक्त, आदीवाशी जनजातिहरुलाई छनौट गरि हरेक बर्ष निशुल्क ड्राईभिङ सिकाउने भएको छ ।


आज सुरुङ्गामा पत्रकार सम्मेलन गरि उक्त निशुल्क ड्राईभिङ सहितका अन्य नगरवाशी तथा झापा जिल्ला वाशीहरुलाई लक्षित विभिन्न कार्यक्रमहरुको घोषणा सुरुङ्गा ड्राईभिङ सेन्टरका सञ्चालक सुर्यप्रसाद चम्लगाईले गर्नुभयो । जसमा कनकाई नगरपालिकाका ९ वटै वार्डबाट छनौटमा पर्नुभएका गरिब, असक्त असाहाय तथा आदीवाशी जनजातिहरुलाई हरेक बर्ष ३ लाख रुपैँया बराबरको निशूल्क ड्राईभिङ कोर्ष निशुल्क गराउने घोषणा गरिएको छ ।

यसबर्षबाट सुरु गरिएको उक्त कार्यक्रममा यसबर्षमा भने सिक्नेहरुमध्ये उत्कृष्ट ६ जनालाई जागिररको समेत व्यावस्था ड्राईभिङ सेन्टरले गरिदिने सञ्चालक चम्लागाईले बताउँनुभयो । कनकाई नगरपालिका क्षेत्रका निशुल्क तालिम लिनका लागि भने कारितास नेपाललाई यसको जिम्मा दिइएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । यसअघि नगरपालिका र वार्ड कार्यालयहरुमा गरिब तथा जेहेन्दार तर्फको छनौट गर्न दिदा प्राय पार्टीका कार्यकर्ताहरुको सिफारिस आएकोले यसपटक भने यसो नगरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

सुरुङ्गा ड्राइभिङ सेन्टरले निशुल्क ड्राइभिङ सिकाउने ।

Posted by Kanakai Online on Thursday, August 8, 2024


यसैगरि ड्राईभिङ सेन्टरले यसैबर्षबाट जिल्लाभरमा कोहीपनि नागरिक सडक दुर्घटनामा परेको खबर भएमा अस्पतालसम्म निशूल्क पुर्याउने र अस्पतामा रगतको आवश्यकता परेको खण्डमा समेत सो समेत उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सुरुङ्गामा १६ बर्षअगाडिदेखि सञ्चालनमा आएको यस सुरुङ्गा एण्ड दोमुखा ड्राईभिङ सेन्टरमा नियमित रुपमा सवारी सिक्नेहरुको रक्त समुह समेत जानकारी हुने हुँदा मिलेसम्म रगतको समेत विरामीलाई उपलब्ध गराउने जानकारी पत्रकार सम्मेलनमा गराईएको छ ।


हालसम्म उक्त ड्राईभिङ सेन्टरले ३ हजार बढीलाई विभिन्न सवारीको तालिम दिई स्वदेश तथा विदेशमा दक्ष ड्राईभर बनाएर रोजगारी तथा आफैसमेत सवारी चालक बनिसकेको अवस्था रहेको सञ्चालक चम्लगाईले बताउँनुभयो । यस ड्राईभिङ सेन्टरको आफ्नै प्रयोगात्मक ्रस्थल कनकाई २ स्थित सुरुङ्गा पुलमा रहेको छ भने कार्यालय सुरुङ्गास्थित धनुषकोटी मार्गमा रहेको छ । पत्रकार सम्मेलनको सहजीकरण अभिषेक मिश्रले गर्नुभएको थियो ।