Kanakai Online

राष्ट्रिय फुटबल खेलाडी सिम्रेन राई गाउँमा सम्मानित


आइतवार, पौष १७, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई–८ निवासी महिला फुटबलकी अन्डर १५ कि साफ च्याम्पियान खेलाडी सिम्रन राईलाई आफ्नो गृह नगर कनकाईमा नगद सहित सम्मान गरिएको छ ।

कनकाई नगर खेलकुद विकास समितीले एक विशेष कार्यक्रमका विच महिला फुटबल खेलाडी राईलाई खेल सामाग्री, सम्मान पत्र र नगद १० हजार र कनकाई नगरपालिका ३ निवासी हाल अष्ट्रेलियामा रहनुभएका दुर्गा उप्रेतीले नगद १५ हजार सहित सम्मान गरिएको हो । सिम्रनले १५ वर्ष उमेर समूहको साफ च्याम्पीयनमा प्रथम स्थान हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा स्थापित भएको र आफ्नो ठाउँको नाम राखेकोले सम्मान गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कनकाई भेट्रान क्लवले आयोजना गरेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता समापनका अवसरमा फुटबल खेलाडी राईलाई नगद, खेलसामाग्री र दोसल्ला सहित सम्मान गरीएको हो ।

सिम्रनले १० वर्षकै कलिलो उमेरदेखि महिला फुटबलका क्षेत्रमा प्रवेश गरी फुटबलका विभिन्न प्रतियोगिताहरुमा भाग लिदै आउनुभएको छ । सानै उमेरदेखि अन्तराष्ट्रिय सफलता प्राप्त गरेकोले सम्मान गरिएको सिम्रनका कोच सन्त रायमाझिले बताउँनुभयो । कनकाई नगरपालिकाको आर्थिक सहयोगमा महिला टिम कोच सहित प्रशिक्षणमा रहेको छ ।

सम्बन्धित खबर