
कनकाई अनलाईन
निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) कनकाई नगर समितिको आयोजनामा भएको नगरस्तरीय विविध सास्कृतिक कार्यक्रमको नृत्यतर्फ बेनुबाजा मावि र दिव्यरत्न माविले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

प्यासन कनकाई नगर समितिको आयोजनामा कनकाई नगरपालिका सुरुङ्गास्थित पशुपति माविमा भएको प्रतियोगिता दुईदिनसम्म चलेको थियो ।
प्रतियोगितामा मोर्डन डान्सतर्फ वेनुबाजा अंग्रेजी माध्यमिक विद्यालय प्रथम पारिजात शिक्षा निकेतन दोस्रो र दिव्यरत्न मावि तेस्रो स्थान प्राप्त गरेको छ । यसैगरि राष्ट्रिय गितको नृत्यतर्फ दिव्यरत्न आवाशीय माविले प्रथम स्थान हात पार्दा ,प्यारागन एकाडेमी दोस्रो र ग्लोबल एडुकेयर एकाडेमी तेस्रो स्थान हात पारको छ ।

दुई दिवसिय कार्यक्रममा पहिलो दिन शनिवार १२ बर्ष भन्दा मुनिका र १२ बर्ष माथिका बिद्यार्थीको अलग अलग समुह बनाई गायन प्रतियोगिता गरिएको थियो ।
उक्त प्रतियोगितामा १२ बर्ष माथिको समुहमा ११ बद्यालयले सहभागिता रहेको थियो । भने १२ बर्ष भन्दा मुनिको समुहमा १२ वटा बिद्यालयले सहभागीता जनाएका थिए । १२ बर्ष मुनिको गायन प्रतियोगितामा प्यारागन एकाडेमी सुरुङ्गाले प्रथम स्थान हात पार्दा दिव्यरत्न आवासिय मावि द्वितीय र माउन्ट अन्नपूर्ण अंग्रेजी बिद्यालय लक्ष्मीपुर तृतीय भएको छ । त्यस्तै १२ बर्ष माथिको गायन प्रतियोगितामा ग्लोबल एडुकेयर एकाडेमी प्रथम , देवकोटा अंग्रेजी बिद्यालय द्वितीय साथै अरुणोदय अङ्ग्रेजी बिद्यालय र प्यारागन एकाडेमी तृतीय स्थान प्राप्त गरेको छ ।
त्यसैगरी शनिवारनै लोक तथा सांस्कृतिक सामुहिक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियोे । उक्त प्रतियोगितामा १२ बटा बिद्यालयले सहभागिता जनाएकोमा प्यारागन एकाडेमी सुरुङ्गाले प्रथम , नव युग शिक्षा निकेतन द्वितीय र पशुपति अङ्ग्रेजी मावि तृतीय स्थान प्राप्त गरेको छ ।
कार्यक्रममा विधागत रुपमा प्रथम द्वितीय र तृतीय हुने सहभागीलाई शिल , मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।यस कार्यक्रममा प्रथम हुने प्रतियोगिले प्याब्सन जिल्लाले आयोजना गर्ने जिल्लास्तरीय प्रतियोगितामा समावेश हुने प्याब्सन कनकाई नगरका अध्यक्ष विनोद सुब्बाले जानकारी दिनुभयो ।
शनिवार भएको उद्घाटन कार्यक्रममा झापा क्षेत्र नं. ४ (२)का प्रदेशसभा सदस्य माननीय भक्ति प्रसाद सिटौलाको प्रमुख आतिथ्य , प्याब्सनका केन्द्रीय सदस्य एलपी उप्रेती साथै प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोको बिशिस्ट आतिथ्यता रहेको थियोे । त्यस्तै आईतबार भएको समापन कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य साथै नगर उपप्रमुख आशाशर्मा शिवाकोटी , नगर शिक्षा शाखा प्रमुख पिताम्बर गौतम लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।
यस किसिमका कार्यक्रमले हाम्रो आफ्नो संस्कार ,संस्कृति र धर्मको संरक्षण भई जिवन्त रहन सहयोग पुग्ने बताउदै उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिटौलाले जिवनको स्वास्थ सन्तुलनका लागि पनि यस कीसिमको कार्यक्रम अपरिहार्य रहेको बताएका छन । तस्तै कार्यक्रममा बोल्दै बालबालिकालाई राष्ट्रिय कलाकार बनाउन प्याब्सनले अहम भुमिका खेलेको विशिष्ट अतिथि प्याब्सन झापाका अध्यक्ष गौरिमान फागोले बताएका छन ।
त्यसैगरी समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईलाई शैक्षिक हव बनाउने नगरको लक्ष्य भएको र यसलाई सफल बनाउन नगरका सामुदायिक र निजी बिद्यालयको उत्तिकै भुमिका रहने भएकोले सहकार्य गरेर अगाडि बढ्ने बताएका छन । पोखरेलले कनकाई नगरले निजि र सामुदायिक विद्यालयका विद्यार्थीलाई हेर्ने दृष्टिकोणमा फरक नदेखेको भन्दै निजि विद्यालयका विद्यार्थीलाई समेत नगरपालिकाले सहयोग गरिरहेको बताउँनुभयो । बिशिष्ट अतिथि नगर उप प्रमुख आशा शिवाकोटीले नृत्य तथा गायन शिक्षाको अभिन्न अंग भएकोले सरकारले यसलाई पाठ्यक्रममै समावेश गर्नु पर्नेमा जोड दिनुभयो । प्याब्सनका केन्द्रीय सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथि एलपी उप्रेतीले निजि बिद्यालयमा पढ्ने बिद्यार्थी पनि राज्यकै बिद्यार्थी भएकोले राज्यको दायित्व उतिकै रहनु पर्छ भन्दै राज्यबाट दिईने सेवा सुविधामा विभिन्न वहानामा सामुयिक र निजी बिद्यालयको अन्तर देखाउदै निजि बिद्यालयका बिद्यार्थीलाई विभेद नगर्न आग्रह गरेका छन ।
प्याब्सन कनकाई नगरका अध्यक्ष विनोद सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य , क्षेत्रीय सदस्य , विभिन्न पालिकाका अध्यक्ष साथै प्रतिनिधि , शैक्षिक ब्यक्तित्व , बिद्यार्थी , अभिभावक , संघसंस्थाका प्रतिनिधि लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि लाई स्वागत प्याब्सनका जिल्ला सदस्य सागर ढुङ्गानाले गरेका भिए भने संचालन कनकाई नगर सचिव मोहन थापा र कार्यक्रम संयोजक समेत रहेका नगर कोषाध्यक्ष विनोद उप्रेतीले गरेका थिए ।


