Kanakai Online

प्रथम सन्थाल कपको उपाधि आयोजक सुरुङ्गालाई


आइतवार, मंसिर २५, २०७९ |

कनकाई अनलाईन
लोपोन्मुख सन्थाली युवा समुदायको फुटवल प्रतियोगिता झापाको कनकाई नगरपालिकामा आयोजित प्रथम सन्थाल कप फुटबल प्रतियोगिताको उपाधि आयोजक झापा मोरङ सन्थाल फुटबल क्लवले हात पारेको छ ।


फाइनल खेलमा राजगढ सन्थाल फुटबल क्लवलाई ट्राईब्रेकरमा हराउदै आयोजक बिजयी भएको हो । बिजयी टिमले नगद ३० हजार र ट्रफि पाउदा उपबिजयी टिमले नगद २० हजार रुपैँया प्राप्त गर्यो । बिजयी तथा उपबिजयी टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा, फुटबल प्रशिक्षक सन्त रायमाझि, नेपाल सन्थाल आदिवाशी जनजातिकका केन्द्रिय अध्यक्ष सुन्दर बेस्रा, कनकाई माविका लगायातले नगद र पुरस्कार प्रदान गर्नुभयो ।


प्रतियोगितामा उत्कृष्ट खेलाडी राजु हस्दा, उत्कृष्ट गोलकिपर विकास टुडु र सर्वोकृष्ट खेलाडी राजगढका आशिस टुडु हुनुभयो ।
प्रतियोगिताबाट एक उत्कृष्ट सन्थाली युवाको फुटबल टिम तयारी गरिने आयोजक समितिका अध्यक्ष बाबुलाल मुर्मुले बताउँनुभयो । झापा मोरङ र सुनसरीका केहि भागमा बसोबास गर्दै आइरहेका सन्थाल समुदायकाा युवाको खेल प्रति अभिप्रेरित गराउन र उनीहरुको सहिचानका लाििग हरेक बर्ष सन्थाल कप फुटबल प्रतियोगिताको आयोजना गरिदै जाने अध्यक्ष बाबुलाल मुर्मुले बताउँनुभयो । फुटबल प्रतियोगितामा सन्थाली नृत्य समेत प्रस्तुत गरिएको थियो । प्रतियोगितामा झापा र मोरङका १६ सन्थाली फुटबल टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर