Kanakai Online

मंसिर २८ गते सुरुङ्गामा वृहत सेमिनार


बिहिवार, मंसिर २२, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई अतिथि सदनमामा यस क्षेत्रका युवा पुस्तालाई ‘लाइफ कोच’ का रूपमा परिचित युवा पुस्तामाझ लोकप्रिय मोटिभेसनल प्रशिक्षक सौनक भट्टले प्रशिक्षण प्रदान गर्ने हुनुभएको छ ।

झापाको सुरुङ्गामा युवालाई लक्षित गरेर रोटर्याक्ट क्लब सुरुङ्गा र आइवाई डाइनामिकले संयुक्त रुपमा आयोजना गरेको द विग सिफ्ट सेमिनारमा सहजिकरण गर्न भट्टलाई कनकाईमा निमन्त्रणा गरिएको आयोजकले बुधवार सुरुङ्गामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएको छ । यसको तयारी पुरा गरिसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
कार्यक्रम मंसिर २८ गते दिनको ११ बजे कनकाई अतिथ सदन सुरुङ्गामा गरिने तय भएको कार्यक्रम संयोजक दिपेश तिवारीले जानकारी दिए ।

सकारात्मक सोचको बिकाश गर्ने र सकारात्मक सोच सहितको कार्य क्षमता भएका युवा वर्ग हरु लाई सुसंस्कृत बनाइ समृद्ध राष्ट्र निर्माणमा सहभागी बन्न प्रेरित गर्ने उदेश्यले कनकाईमा यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था आइवाई डाइनामिकका अध्यक्ष अभिषेक मिश्रले बताए ।

खुल्ला सेमिनारमा झापा र झापा वाहिरका समेत युवा बिद्यार्थी हरुको सहभागिता रहने र कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र अन्य युवाहरुले यस सेमिनारबाट लाभ लिन सक्ने आयोजक रोटर्याक क्लबका अध्यक्ष रोशन शाहले वताए ।

कनकाई नगर पालिका , झापा गाउपालिका , कनकाई नगरपालिका वडा नं. १ , ३ र ४ को सहयोगमा आयोजना गरिएको सेमिनारमा ७ सय भन्दा बडी युवा बिद्यार्थी हरुको सहभागिता रहन सक्ने अनुमान गरिएको छ । कार्यक्रममा स्पोन्सर सिटिजन लाइफ इन्स्योरेन्स , करितास नेपाल , कङ्गारु एजुकेसन , राइट पाथ , क्युटिसी , ब्लु लोटस र स्टडी पार्कले गरेका छन ।

सामाजिक क्षेत्रमा क्रियाशील रोटर्याक क्लव र आईवाइ डाइनामिक सधैं आम नागरिकको सहयोगलेनै सफल बन्दै गरेकोे र फेरिपनि सबैको सहयोगले यो कार्यक्रम सफल हुने कुरामा आयोजक परिवार विस्वस्त रहेको रोटर्याकका उपाध्यक्ष प्रतापबाबू जम्मरकट्टेल र सचिव सारिका गिरिले बताए ।

पत्रकार भेटघाटमा रोटरी क्लब सुरुङ्गाका अध्यक्ष खेम प्रसाईंले युवाहरुको सोचमा परिवर्तन ल्याइ समरात्मक उर्जा दिन सक्ने गरिको कार्यक्रम आयोजना गरेकोमा आयोजक परिवारलाई धन्यवाद दिदै कार्यक्रम सफल वनाउन सबैलाई सहयोगको अपिल गर्दै सपलताको शुभकामना ब्यक्त गरेका छन ।

सम्बन्धित खबर