Kanakai Online

नगरप्रमुख पोखरेलको नेतृत्वको टोली घटनास्थको अनुगमनमा दुई जनाको मृत्यु, ९ सिकिस्त


आइतवार, असोज १५, २०७४ |

–डिल्लीराम घोर्साई
सुरुङ्गा, अशोज १५,
अज्ञात रागले २ जनाको ज्यान गएपछि कनकाई नगरपाकिका प्रमुख राजेन्द्रकुमार पोखरेलकाको नेतृत्वको टोलीले घटना स्थलको अवलोकन गर्दै जिलला जनस्वास्थ्य तथा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको टोलीले सो स्थानको अध्यान अनुसन्धान सुरु गरेको छ । कनकाई नगरपाकिाका वार्डनम्बर ४ का वडाअध्यक्ष गोविन्द पौडेल , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख लगायातको टोलीले अनुगमन पछि अध्यायन थालिएको हो ।
अज्ञात रोगका कारण झापाको कनकाई नगरपालिका ४ टेक्रामा २ जनाको मृत्यु भएको छ । सुरुङ्गा बजार देखि ४ किलो मिटर दक्षिणमा रहेको मुसहर बस्तीमा पैmलिएको रोगका कारण ९ जना विरामी परेका छन् ।
तीन दिनको अवधिमा टेक्रा स्थीत मुसहर बस्तीका दुई जनाको अज्ञात रोगका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा २३ बर्षिय नारायण रिसिदेव र २४ बर्षिया बसन्ती रिसिदेव रहेका छन् ।
नारायणको तीन दिन अघि र बसन्तीको गएराति मृत्यु भएको हो । उनिहरु दुबैलाई एकै प्रकारको अज्ञात रोग लागेको थियो । सुरुमा टाउको दुख्ने, ज्वरो आउने र रगत वान्ता भए पश्चात मृत्यु भएको मुसहर बस्तीका रामविलास रिसिदेवले बताएका छन् ।
राम विलासका अनुसार रोग लागेको २ दिन भित्रमा विरामीको मृत्यु हुने गरेको छ । उस्तै प्रकारको रोगका कारण अन्य ९ जना थलिएपछि स्थानिय चिन्तीत बनेका छन् भने मुसहर बस्तीमा त्रास पैmलिएको छ ।
यसरि बिरामी पर्नेमा २७ बर्षिय दुर्गा रिसिदेव, २४ बर्षिया मेनुका रिसिदेव र २४ बर्षिया राधा रिसिदेव, सानु रिसिदेव, ललिता रिसिदेव, नाम नखुलेका चौधरी थरका एक पुरुष, सागर चौधरी, जिवन रिसिदेव र सुरे रिसिदेव रहेका छन्् ।
उनिहरुलाई स्थानियको पहलमा मेचिअञ्चल अस्पताल भद्रपुरमा उपचार भईरहको कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले जानकारी दिनु भयो । संक्रमित मध्ये तीन जनाको अबस्था चिन्ताजनक रहेको छ ।
संक्रमण बारे संचारमा माध्यममा सामाचार आएपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापा, स्थानिय प्रहरी प्रशासन लगायतले घटनाबारे अनुसन्धान थालेका छन् ।

सम्बन्धित खबर