Kanakai Online

शिवसताक्षीमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको उद्घाटन


शनिवार, मंसिर १०, २०७९ |

कनकाई अनलाईन
शिवसताक्षी । झापाको शिवसताक्षीमा १३ औं लैगिक हिंसा विरुद्धको अभियानको उद्घाटन गरिएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान शनिबार शिवसताक्षीको नगरपालिकामा उद्घाटन गरिएको हो ।


नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रमको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले बेनर बाचन गरेर उद्घाटन गरिएकी हुन् । उद्घाटनका क्रममा बोल्दै उपप्रमुख कार्कीले नगर भित्रका महिलाहरुलाई प्रभावकारी रुपमा लैंगिक हिंसा विरुद्धको अभियानमा सहभागी गराउन आग्रह गरेकी छिन् । नगर भित्रका कुन कुनमा रहेका र नगरपालिका सम्म आउन नसेका हिंसाबाट पीडित महिलाहरुलाई धेरै मात्रामा सहभागीता गराई कार्यक्रम गर्न सुझाइएकी थिइन् । उनले महिलहरुमा पनि नेतृत्व गर्ने क्षमता भएको र नगरका विभिन्न संघ संस्थाहरु महिलाहरुले नेतृत्व गर्न थालनी भएकाले नगरपालकाले महिला मैत्री नगर बनाउने उद्देश्यले काम गरिरहेको जानकारी दिइन् । उनले भनिन् , महिला मात्र होइन् महिलाबाट पुरुष पनि पीडित बन्नु हुँदैन ।


महिला हिंसा विरुद्धको अभियान मंसिर २४ गते सम्म सञ्चालनमा रहने महिला तथा बालबालिका साखाले जनाएको छ । महिला तथा बालबालिका शाखाले नगरका ११ वटै वडाहरु कार्यक्रम सञ्चालन गर्ने छ । १६ दिने कार्यक्रममा ११ वटै वडाका ४÷ ४ जना ज्येष्ठ एकल, अपाङ्ग महिला र आर्थिक विपन्न भएका महिलाहरुलाई न्यानो कपडा (सुइटर ) वितरण गरिने महिला तथा बालबालिका साखाकी कर्मचारी देविना पराजुलीले जानकारी दिइन् । कार्यक्रममा अधिकांश बक्ताहरुले पुरुष प्रधान समाज भएकाले पुरुषले मात्र महिलालाई हिंसा गरेको बढी आए पनि महिलाबाट पुरुष हिंसामा पर्ने गरेको बताए । महिला हिंसा विरुद्धको अभियानले पुरुषबाट गरिने हिंसा मात्र होइन महिलाबाट पुरुषलाई गरिने हिंसा पनि रोकिनु पर्ने सुझाब दिइएको थियो ।
महिला हिंसा विरुद्धको अभियान भित्र पर्ने अन्तराष्ट्रिय मानव अधिकार दिवस, अन्तराष्ट्रिय स्वयमसेवक दिवस लगायतका क्रममाहरु पनि यही कार्यक्रममा मनाइने बताएको छ । कार्यक्रममा नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले महिला हिंसा विरुद्धको कार्यक्रम औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश चौधरी, वडा नं. ६ की वडा सदस्य गोमा रिजाल, गोपाल गौरी दिगो विकासकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतम, माई बेनी महिला सहकारी संस्थाकी अध्यक्ष रोहिता भट्टराई , गोपिला चम्लागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिवसताक्षी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अमृतबहादुर राईको अध्यक्षमा भएको कार्यक्रमको स्वागत प्रशासन शाखा प्रमुख डिल्ली नेपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी कर्मचारी देविना पराजुलीले गरेकी थिइन् ।

सम्बन्धित खबर