कनकाई अनलाईन
विर्तामोड ।
अरवौँको लगानीमा विर्तामोडमा संचालित विएण्डसी अस्पतालका निर्देशक दुर्गा प्रसाईँले यतिका पैँसा खर्चिएर आफु सुत्नका लागि घर नभएर मेचीका २७ लाख जनतालाई वचाउँनका लागि आफुले अस्पताल खोलेको वताउँदै व्यापार भन्दापनि जनउत्तरदायि व्यावसायमात्रै आफुले गर्दै आएको वताउँनुभएको छ ।
अस्पताललाई मन्दिर र डाक्टरलाई भगवानको संज्ञा दिर्दै निर्देशक प्रसाईँले जनताको साथ पाएमा मेचीवाशीकै सुरक्षाकवज अस्पताललाई बनाउने र युर्निभसिटीका रुपमा अस्पताललाई लिएर लैजाने वताउँनुभयो ।
देशकै वढी ५० सैँयाको आईसियुकक्ष रहेको विएण्डसी हस्पिटल विर्तामोडले तीन वर्षमा दशलाख जनतालाई सेवा दिइसकेको अस्पताल परिवारले जनाएको छ ।
आइतवार अस्पतालमा आयोजित नियमित पत्रकार भेटघाट र शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दैँ अस्पतालका निर्देशक दुर्गा प्रसाईले अस्पताल संचालनमा आएको दिन २०७१ साल फागुन देखि हालसम्म ओपिटी सेवामार्फत ८ लाख भन्दा वढीले सेवा लिइसकेको वताउँनुभयो । उहाँले यस अवधिमा ३५ हजारभन्दा वढीको शल्याक्रिया गरेको र तीनहजार भन्दा वढीले न्युरो सल्याक्रियाको सुविधा लिएको समेत जानकारी दिनुभयो ।
जिल्लामै सवैभन्दा वढी राजस्व समेत वुझाउदैँ आएको अस्पतालले १२ करोड वरावरको गरिव तथा उपचारमा पहुच नहुने विरामीले छुट लिएको वताउँनुभयो । हामी नाफामुखी मात्रै छैनौँ सामाजिक उत्तरदायित्व सहितको सेवा समाजमा गरिरहेका छौ भरसक खर्चको अभावका कारण कोहिपनि विरामीले अकाल मृत्युवरण गर्नुनपरोस भन्नेमा हामी सजग छौँ पत्रकार भेटघाटमा प्रसाईँले भन्नुभयो । सुत्केरीका लागि निशुल्क आमा सुरक्षा कार्यक्रम संचालन भइरहेको अस्पतालमा क्यान्सरको केमुथेरापीमा नेपाल सरकारले उपलब्ध गराउँदै आएको १ लाख रुपैँया समेत अस्पतालले निशुल्क उपलब्ध गराउँदैँ आएको छ ।
एक अर्कौ प्रसङ्गमा प्रसाईले आफु ८ कक्षा पढेको मान्छेभएर पनि युनिर्भसिटीको परिकल्पना गर्नसकिरहेको भन्दै देशमा आफुजस्तै २५ जना मानिस यो देशमा भइदिएको भए मुलुक अकैँदिशमा गइसक्ने वताउँनुभयो । आफु अभावै अभावका विच यस अवस्थामा आइपुगेको भन्दै निम्न वर्गका मानिसको सहयोगका लागि आफु सधैँ तयार रहने समेत बताउँनुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा प्रसाईँले झापाका संचारकर्मीलाई सम्मान समेत गर्नुभएको थियो ।