Kanakai Online

सरकारको चिकित्सा ऐनले डाक्टरलाई पलायान बनाउने दावी


शनिवार, असोज ७, २०७४ |

लीलाराज झापाली
विर्तामोड , असोज ६ गते । सरकारले ल्याएको चिकित्सा ऐन लागु भएर विरामीको डाक्टरका गल्तीका कारण मृत्युभएमा क्षतीपूर्ती डाक्टरले स्वयाम तिर्नुपर्ने भएमा नेपालका सयौँ डाक्टरहरु पलायान हुने अवस्था आउने झापाका डाक्टरहरुले बताएका छन ।

 
शुक्रवार विर्तामोडस्थित विएण्डसी हस्पिटलमा पत्रकार सम्मेलन गरेर सरकारको डाक्टरहरुको विरुद्धमा ल्याउन खोजिएको र संसदका दर्ता भएको विधेयक पारित भएमा कुनैपनि अप्ठयारो केश नेपालका डाक्टरहरुले उपचारगर्नुपूर्व ३ पटक सोच्नुपर्ने हुदा यस क्षेत्रका विरामीले उपचारकै लागि विदेश लैजानुको विकल्प नरहने र चिकित्सा क्षेत्रमा रहेका डाक्टरहरुपनि कामको खोजीमा विदेशनै जानुपर्ने अवस्था आउने भन्दै यो विधेयक सांसदवाटै फिर्ताहुनुपर्ने विएण्डसी हस्पिटलका मेडिकल प्रमुख तथा अर्थोपेडिक सर्जन डाक्टर निराजन पराजुलीले वताउँनुभयो ।
यस अगाडिको चिकित्सा ऐन २०६४ र २०६७ मा समेत डाक्टरको कमजोरीमा विरामीको मृत्युभएमा मेडिकल काउन्सीलबाट डाक्टरको सटिफिकेट खोस्ने सम्मको कानुन रहेकाले यहि मेडिकल काउन्सीलकै कानुनले डाक्टरलाई नियन्त्रणमा राख्न सक्ने भन्दै सरकारले डाक्टरहरुका लागि थप कानुन बनाएर लागुगर्नु जरुरी नभएको अर्का डाक्टर किशोर कुमारले वताउँनु भयो । विएण्डसी हस्पिटल विर्तामोडमा मात्रै हाल ७२ जना डाक्टरहरुले सेवा दिइरहेको हस्पिटलका निर्देशक दुर्गा प्रसाईले बताउँनुभयो ।
हामीपनि डाक्टरले क्षतिपुर्ति तिर्नुपर्छ भन्ने पक्षमा छैनौ यस कदमले डाक्टर , अस्पताल र स्वायम विरामीलाई पनि हानी पुर्याउँछ डाक्टरलाई विदेश पलायान गराउँछ प्रसाईले भन्नुभयो । कुनै निजि अस्पतालमा मृत्यु भएमा विरामीको पोस्ट म्याटम गराउनु र अन्य प्राविधिक काम गर्नु ज्यादै अप्ठयारो काम हो । डाक्टरकै केश अर्को डाक्टरले पोस्टम्याट एक हस्पिटलको केश अर्को हस्पिटलले पोस्ट म्याटम गर्ने र डाक्टरहरुकै काममा व्यावधान गर्ने खेल शुरु हुन्छ त्यसैले सरकारले यस्तो विधेयक फिर्ता लिनुपर्छ डाक्टर पराजुलीले भन्नुभयो । कार्यक्रममा झापाका अन्य चिकित्सकको समेत उपस्थिति रहेको थियो । यसैविच मेचीकै ठुलो अस्पताल विएण्डसी सहित झापाका अन्य अस्पतालमा समेत आकस्मिक वाहेकका सेवा बन्द गरिएको छ ।
फोटो ः विर्तामोडको विएण्डसी अस्पतालमा हातमा कालोपट्टी बाधेर विरोधमा निस्किएका एक चिकित्सक र अस्पतालले सेवा बन्द गरेपछि अस्पताल वाहिर अलपत्र विरामी ÷ लीलाराज झापाली

सम्बन्धित खबर