Kanakai Online

झापा क्षेत्र नं। ३ मा सिटौला, लिङ्देन, राजवंशी र प्रसाईं कसले मार्ला बाजी ?


मङ्गलवार, भदौ २१, २०७९ |

कनकाई अनलाईन
अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठूला चार दलको प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचनका लागि सर्वसम्मत चार जना उम्मेदवारको नाम सिफारिस गरेको छ । ती पार्टीले प्रदेशसभामा भने आकांक्षीको संख्या धेरै रहेकाले उनीहरुको नाम सिफारिस गरेका छन् ।

झापा क्षेत्र नं। ३ मा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मत सिफारिस भएको छ । त्यस्तै, एमालेले पनि दुर्गाप्रसाईंको नाम सर्वसम्मत नै सिफारिस गरेको छ । माओवादी केन्द्रले पूर्णसिंह राजवंशीलाई अघि सारेको छ भने राप्रपामा निर्विकल्पका रुपमा रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वसम्मत नै अघि सारिएको छ ।

नेता सिटौला सातौं पटक यस क्षेत्रबाट उठ्नु भएको छ । उहाँ २०४८ सालदेखि निरन्तर चुनावी दौडमा हुनुहुन्छ । २०४८ र २०५१ सालको संसदीय चुनावमा एमालेका उम्मेदवारसँग दुई पराजय भोग्नुभएका सिटौलाले २०५६ सालको संसदीय निर्वाचनमा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

पहिलो पटक चुनावी मैदानमा उत्रिन लाग्नुभएका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टी भूगोलमा कहीँ नभएका उहाँलाई एमालेले सिधैं केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो ।

पछिल्लो समय झापा क्षेत्र नं। ३ मा विभिन्न सामाजिक कार्य गर्दै आफ्नो पकड मजबुद बनाउने योजनाका साथ अघि बढिरहनुभएका उहाँले राप्रपाको राजधानी मानिएको कचनकवलमा १५ सय बढीलाई अध्यक्ष ओलीमार्फत् उहाँले पार्टीमा स्वागत गरिसक्नुभएको छ ।

माओवादी केन्द्रद्वारा सर्वसम्मत सिफारिस हुनुभएका पूर्णसिंह राजवंशी २०६४ सालको पहिलो संविधानसभा निर्वाचन भइसक्नु भएको छ । कोच समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा जातीय हिसाबले पनि उहाँको पकड राम्रै छ । झापा क्षेत्र नं। ३ ९ख० प्रदेश सदस्यको अनुभव सम्हाल्नुभएका उहाँ पार्टी राजनीतिमा प्रदेश सदस्य जिम्मेवारीमा हुनुहुन्छ ।

राप्रपाका राजेन्द्र लिङ्देनलाई बहालवाला सांसद हुनुहुन्छ । उहाँले २०७४ सालको निर्वाचनमा कांग्रेस सिटौलालाई पराजित गर्नुभएको थियो । झापा क्षेत्र नं। ३ को दक्षिणी क्षेत्रमा आफ्नो दबदबा बनाउनुभएका लिङ्देन पार्टी अध्यक्ष समेत हुन् । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ राप्रपाबाट विजयी हुने उहाँ एक्ला उम्मेदवार हुन् ।

हाल चुनावी मैदानमा चार दलीय अनुहार देखिए पनि सिटौला र लिङ्देनकै भिडन्त हुने देखिन्छ । सत्ता गठबन्धनका तर्फबाट नेता सिटौला र एमाले–राप्रपा गठबन्धनका तर्फबाट लिङ्देन चुनावी मैदानमा उत्रिने सर्वत्र चर्चा छ ।

२०७४ चुनावमा समेत एमाले–राप्रपा गठबन्धन हुँदा झापा क्षेत्र नं। ३ बाट लिङ्देन र झापा क्षेत्र नं। ५ बाट एमालले अध्यक्ष केपी शर्मा ओलीले भारी मतका साथ विजयी भएका थिए ।

झापा ३ मा रहेको तीन स्थानीय तह भद्रपुर, हल्दिबारी र कचनकवल हो । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यहाँ मिश्रित परिणाम आएको छ । कनकवलको अध्यक्षमा कांग्रेस, उपाध्यक्ष्मा एमाले, हल्दिबारीको अध्यक्ष उपाध्यक्ष दुवै राप्रपा र भद्रपुरमा नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा राप्रपाले जितेको छ ।

सम्बन्धित खबर