कनकाई अनलाईन
सुरुङ्गा / भदौँ ३० गते । राजनीतिक सहमतिका नाममा क्याम्पस संचालक समितिमा कोषाध्यक्ष सहित महत्वपुर्ण ५ पदहरुमा रहिरहेको नेकपा माओवादी केन्द्रलाईमात्रै क्याम्पस संचालन समिति , लेखा समिति तथा क्याम्पस सभाका कुनैपनि समितिमा यस क्षेत्रका मुख्य दल कांग्रेस र एमालेले नराखेपछि माओवादी केन्द्रले उम्मेद्धारी फिर्ता लिएर मुख्य प्रतिपक्षको भुमिकामा वस्ने भएको छ ।
आज माओवादी केन्द्रका कनकाई नगर संयोजक चन्द्रमान कन्दङवाले विज्ञप्ति जारी गरि सहमतिका नाममा कांग्रेस र एमाले पार्टीले ऐतिहासिक महत्वबोकेको र डिग्रिसम्म पढाइहुने क्याम्पसमा सरकार संचालन गरीरहेको तथा अघिल्लो कार्यसमितिमा समेत बहुमतमा रहेको दल माओवादी केन्द्रलाई मात्रै संचालन समिति वाहिर राखेर आफनै पार्टीको भातृ संगठनजस्तो संचालक समिति बनाएको भन्दै आपत्ती जनाएको छ । माओवादी केन्द्रले नयाँ आउने समितिको काम कार्वाही हेरेर गुण र दोषका आधारमा सहमति र विमति राख्ने भन्दै प्रमुख प्रतिपक्षको भुमिकामा माओवादी केन्द्र र उसको विद्यार्थी संगठन अखिल क्रान्तिकारीलाई राख्ने समेत निर्णय गरेको सो पार्टीका कनकाई नगर इन्चार्ज गोपाल प्रसाईले वताउँनुभयो ।