कनकाई अनलाईन
जंगली हात्तीको आक्रमणमा परि झापामा फेरी एक जना वृद्धले ज्यान गुमाएका छन ।
मंगलवार विहान १० बजेको समयमा बाह्रदशी गाउँपालिका १ बस्ने ८० बर्षिय वृद्ध देविबहादुर अधिकारीलाई सोही स्थानमा रहेको मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गरेको थियो । घाइते अधिकारीको उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा लैजाने क्रममा बाटैमा मंगलवार साँझ साढे ५ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डिएस्पी बसन्त पाठकले जानकारी दिनुभयो ।
घटनाका वारेमा थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ । झापामा मानव हात्ती द्धन्द्धका कारण बर्षेनी दर्जन वढी मानिस र जंगली हात्तीको क्षति हुदै आइरहेको छ ।