कनकाई अनलाईन
प्रदेशश नम्वर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पहिचान विनाको प्रदेश नम्बर एकको नामकरण प्रदेश सरकारलाई मान्य नहुने बताउँनुभएको छ । नेपाल आदिवाशी जनजाति महासंघ झापाको सातौ जिल्ला अधिवेशनलाई शनिवार बिर्तामोडमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारको सहमति विना संसदमा प्रदेश १ को नामाकरणको विषय प्रवेश गरेको खण्डमा संसद नै बन्द गर्ने चेतावनी राईले दिनुभएको छ ।
मुख्यमन्त्री राईले पहिचान सहित प्रदेशको नामाकरण गर्न यो संसद तयार नभएकाले प्रदेश १ को नामाकरणको हुन नसकेको समेत खुलासा गर्नुभयो । संसदमा प्रदेशको नामाकरणको विषय प्रवेश गरेर पहिचानलाई छाडनुपर्ने स्थितिको सृजना भयो भने सांसदलाई बन्द गरिदिने मुख्यमन्त्री राईले चेतावनी समेत दिनुभयो ।
प्रदेशको नामाकरणको विषय संसदमा प्रवेश गर्नसाथ पास हुने स्थिति बनेपनि पहिचानको कुरामा सहमति हुन नसकेकै कारण नामकरणको विषयले सांसदमा प्रवेश नपाएको पनि मुख्यमन्त्री राईले बताउँनुभयो । आफुपनि पहिचानवादीकै पक्षमा रहेको भन्दै मुख्यमन्त्री राईले पहिचान विनाको नामकरण आफुलाई मान्य नहुने बताउँनुभयो ।
आफु सरकारमा रहुन्जेलसम्म पहिचान विनाको प्रदेशको नामकरण कुनै हालतमा पास गर्न नदिने पनि मुख्यमन्त्री राईको भनाई थियो ।
राज्यको विभेदकारी नितिकै कारण आदिवाशी जनजातिहरु पछाडि पारिएको भन्दै नागरिकलाई समान रुपमा अगाडि वढाउनका लागि पनि प्रदेश सरकारले विशेष नितिनै बनाउन लागिपरेको मन्त्री राईले बताउँनुभयो ।
राज्यका नागरिकलाई समान रुपमा अघि बढाउन प्रदेश सरकारले महिला –पुरुष बराबरी ,धनी – गरीब बराबरी र जातीय विभेद्को अन्यका लागि छुट्टा छुट्टै कार्यक्रम सञ्चालन गर्न लागेको समेत मुख्यमन्त्री राईले बताउँनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देन, कमल गाउँपालिकाका अध्यक्ष हुकुकसिंह राई, आदिवाशी जनजाति झापाका अध्यक्ष भरत श्रेष्ठ लगायातले मन्तव्य राख्नुभएको थियो । अधिवेशनको बन्द सत्रले झापाको नयाँ नेतृत्व चयन गर्ने छ ।