Kanakai Online

विद्यार्थी जीवनमा वचतको महत्व विषयक वक्तृत्वकला सुरुङ्गामा


शनिवार, भदौ ११, २०७९ |

कनकाई अनलाईन
विद्यार्थी जीवनमा बचतको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता डाफे सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको वाल परिचालन उपसमितिको आयोजनामा कनकाई माविका सम्पन्न भएको छ ।
प्रतियोगितामा डाफे सामुदायिक साखा भएका ६ पालिकाहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताबाट कनकाई माविकी श्रृजा प्रसाई प्रथम हुनुभयो । यसैगरि प्रतिक चम्लगाई दोस्रो, अभिषेक दाहाल तेस्रो र कृतिक्षा ढकालले शान्तना पुरस्कार प्राप्त गर्नुभयो ।


बिजयी विद्यार्थीहरुलाई डाफे सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सन्तोसकुमार श्रेष्ठले नगद सहित पुरस्कार प्रदान गर्नुभयो । विद्यार्थी जीवन भनेको सिक्ने उमेर पनि भएकोले वचतको वानी सानै उमेरदेखि हुनु आवश्यक रहेकोले यसका लागि यसै सम्बन्धि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको प्रमुख अतिथि श्रेष्ठले बताउँनुभयो ।
सहभागि विद्यार्थीहरुले समेत वचत बाट आफ्नो असल सस्कार सिक्ने मात्रै नभएर उच्च तहको अध्यानका लागि समेत आफु र परिवारका लागि मद्धत मिल्ने भन्दै विद्यार्थी जीवनदेखि नै वचत गर्ने बानीको विकास गर्नुपनेमा जोड दिएका थिए ।
कार्यक्रममा डाफे सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका सचिव लीलानाथ खनाल, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, डाफे सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका सुरुङ्गा सेवा केन्द्रका अध्यक्ष बिरेन्द्रकुमार खडका, सदस्यहरु अम्बरबहादुर कार्की, सीताराम न्यौपाने लगायातले शुभकामना राख्दै डाफे सामुदायिक बचत तथा ऋण सहकारीले बचतको वानी विकासका लागि सचेतना मुलक कार्यक्रमहरु संचालन गरिरहेको बताउँनुभयो । कार्यक्रम सविन ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको थियो । हाल डाफे सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा १४९० वाल वचत रहेको डाफे सामुदायिक वचत तथा ऋण सहकारी संस्था सुरुङ्गा सेवा केन्द्रका अध्यक्ष विरेन्द्र खडकाले बताउँनुभयो ।

सम्बन्धित खबर