कनकाई अनलाईन
भदौ २९ गते । वाढी पिडितहरुलाई राहत प्याकेज र सामान्य नदि टालटुल गर्नु भन्दा नदिको स्थायी टठबनन्धन गरेर स्थायी सामाधानको खोजी गर्न सरकार समक्ष वाढी पिडितहरुले माग गरेका छन ।
विहिवार झापाको कनकाई नगरपालिका स्थित २ खोलाहरु वाधे र सुरुङ्गा खोलाले पुर्याएको क्षतिको वारेमा स्थलगत निरिक्षण गर्न पुग्नुभएका नेपाल सरकारका सिचाई राज्यमन्त्री अमरसिंह पुनसमक्ष यहाँका पिडित परिवारले भेटैरै वाढीपिडितपरिवारहरु वर्खा लाग्नसाथ कुनदिन खोलो आएर वगाएर मार्नेहो भनेर सधै त्रसित भएर वाचिरहनुपरेको भन्दै नदिको स्थायी टठबन्ध गरिदिन माग गरेका हुन ।
स्थायीयवाशी समेत नेपाली कांग्रेसका नगर सहसचिव दिपक खतिवडाले भन्नुभयो हामीमा आकाश गर्जिनसाथ खुसि र दुःख एकसाथ आउछ । किसानपरिवार हौ खेत ीगर्न पाइन्छ भनेर खुसी हुन्छौ यता वाढीले वगाएर लैजानेको हो कि ? भन्ने चिन्ताले पिरोलिरहन्छ हामीलाई कम्तीमा दिनभर काम गरेपछि विना तनाव निदाउँन पाउनुपर्यौ ।
यसैगरि गत साउन अन्तिममा आएको बाघे खोलाको वाढी आफनो पेट्रोल पम्ममा पस्दा घर र पम्पमा क्षती गर्दा आफनो २५ लाख वरावरको नोक्सान पुगेको भन्दै नदिको स्थायी तठबन्धन गरिदिन सरकार सग पवित्रा आयल पम्पका संचालक राजेन्द्र प्रसाईले अनुरोध गर्नुभयो ।अनुगमन पछि मन्त्री पुनले सरकारले वढी क्षतीहुने संवेदनशील क्षेत्रको वर्खालाग्नुपुर्वनै लगत स्टमेट तयारी गरि कम्तीमा यस वर्खामा वाढी नपस्ने व्यावस्था मिलाईसक्ने आश्वसान दिनुभयो । सरकारको यस कामका लागि नागरिक समाज दल र नगरपालिकाहरुले समेत मद्धत गर्नुपर्ने वताउँनुभयो ।
अनुगमनमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा , कनकाई नगर विकास वोर्डका अध्यक्ष प्रकाश चुडाल , कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरिया , कनकाई नगरपालिका ३ का वडाअध्यक्ष रुद्रप्रसादचिमरिया , कनकाई उद्याग वाणिज्य सघका सस्थापक अध्यक्ष युवराज सग्रौला , नेपाली काग्रेसका वार्ड सचिव मनोज वस्नत लगायातको सहभागिता थियो । कार्यक्रम काग्रेसका वार्ड उपाध्यक्ष नरध्वज खवासको सभापतित्वमा भएको थियो ।
गत साउन महिनामा आएको वाढीले कनकाई नगरपालिका क्षेत्रमा मात्रै तीन सय १३ परिवार वाढीवाट प्रभावित हुदा १२ करोड बरावरका क्षती पुगको कनकाई नगरपालिका कर्मचारी लक्ष्मी अधिकारीले जनाएका छन ।
तस्वीर / वाढील क्षती गरका स्थान अवलाकन गरदै मन्त्री पुन लगायात /लीलाराज झापाली