कनकाई अनलाईन
जिल्ला प्रहरी झापाले दमक नगरपालिका १० रतुवा पुल नजिक्कैबाट अवैध सामान सहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।
बुधवार राती साढे १० बजेको समयमा सडकमा कुदिरहेको मे १ च ६७९० नम्बरको पिकअपलाइ प्रहरीलाई शंका लागि चेक अफ गर्दा उक्त गाडीभित्र अवैध रुपमा ल्याइदै गरेको १६ बोरा चिनी, ४ कार्टुन बिडी, ५ बोरा खैनी र ३ बोरा कुरमुरे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त सामान र गाडीको बजार मुल्य ६ लाख ६७ हजार रहेको समेत प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त भ्यानका चालक दमक नगरपालिका ७ बस्ने ४१ बर्षिय नारायण बस्नेतलाई समेत नियन्त्रणमा लिएको छ ।