कनकाई अनलाईन
सामाजिक व्यक्तित्वको परिचय बनाएका झापा कनकाईका शेरबहादुर थापाले आगामी निर्वाचनमा झापा क्षेत्र नंम्र २ को प्रदेश ख बाट प्रदेश सांसद लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन ।
थापा गत जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका थिए । उनी सम्मानजनक मत ल्याएर उपविजेता बनेका थिए ।
दिनदुःखीको सहारा बनेर सामाजिक कार्यमा निरन्तर लागि रहेका थापाले यस अघि नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने प्रदेश निर्वाचनमा पनि स्वतन्त्रबाटै उम्मेदवारी दिने संकेत गरेका छन् ।
सरकारले आगामी मंसिर ४ गते निर्वाचनको मिति सार्वजनिक गरेसगै थापाले पनि प्रदेश सांसदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुले उनी निर्वाचन प्रति निक्कै उत्साहित रहेको बुझिन्छ । सो क्षेत्र कांग्रेससका प्रदेश अध्यक्ष उद्धव थापाले समेत रोजेको क्षेत्र हो । उद्धव थापा र नेपाली कांग्रेस सग निक्कै रुष्ट बनेका थापाले उद्धव थापाले रोजेकै स्थानमा निर्वाचन लडने घोषणा गरेसगै नेकपा एमाले पार्टीमा खुसीयाली छाएको छ । यस अघि कनकाई नगरपालिकामा समेत रुद्रप्रसाद चिमरियालाई नेपाली कांग्रेसबाट हराउनका लागि कांग्रेसकै बागी उम्मेद्धारी दिएर महत्वपुर्ण भुमिका खेलेका थापाले जुन क्षेत्रमा चुनावमा उम्मेद्धारी दिन्छन विपक्षि पार्टीलाई सर्पोट हुने गरेको छ ।