कनकाई अनलाईन
यस क्षेत्रका बहुमुखी प्रतिभाका धनी तथा पुराना बासिन्दा घनश्याम पनेरुको आज विहान ११ ंबजेर ४० मिनेटमा ७० बर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो समय उनी ओम शान्ति घनश्याम पनेरु बाबा उपनामले चिनिने गर्नुभएका घनश्याम पनेरु यस क्षेत्रमा प्रधानपंञ्च र प्रतिनिधिसभामा समेत तत्कालिन नेपाल सदभावना पार्टी र स्वतन्त्रबाट यस सुरुङ्गा गाविसमा उम्मेद्धारी समेत दिएका थिए ।
उनले यस क्षेत्र कनकाई नगरपालिका ३ टप्पुमा पहिले धान काटा थालेका थिए । त्यसपछि उनी गाईवस्तु खरिद विक्रीको व्यावसाय थालेका थिए । गाईवस्तु खरिद विक्रीपछि आफै तरकारी उत्पादन र विक्रीमा लामो समय संग्लन पनि भए । यसैक्रमम राप्रपा सदभावना पार्टीमा आवद्ध भएर राजनिति गरेका पनेरुले त्यसवेलाकाका चर्चित प्रधानपंञ्च गणेशबाबु पोखरेलसग चुनावी प्रतिस्पर्धामा समेत सहभागि भएका थिए । उनी सबै क्षेत्रमा लागि सकेपछि अन्तिममा लामो समय विन्दावनमा गई तपस्या गरि ओम सन्त पनेरु बाबा बनेर आफ्नै घर कनकाई ३ एकान्त टोलमा मन्दिर समेत निर्माण गरि पुजा गर्दै आइरहेका थिए । बहुमुखी प्रतिभाका धनी पनेरु बाबाको नाममा धेरै किस्सा समेत बनेको छ । उनी जुनसुक्कै कुरालाई पनि हस्यौली पारामा राख्नमा पोख्त समेत मानिन्थे । पछिल्लो समय उनी क्यान्सरबाट पिडित बनेका थिए ।
उनका २ श्रीमती मध्ये एकको निधन भइसकेको छ भने ४ छोरी २ छोरा रहेका छन । उनको आजै दिउसो कनकाई माइमा अन्तिम संस्कार गरिएको छ ।