Kanakai Online

कनकाईका ३२ युवालाई स्वरोजगार तालिम


बिहिवार, साउन १२, २०७९ |

कनकाई अनलाईन
कारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीहरुका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ ।


कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिम झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र बिद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने रहेको छ भने बाकी तालिम ३९० घण्टाको रहेको छ । तालिममा झोला बनाउनेमा १२ जना प्रशिक्षार्थी रहनुभएको थियो भने बाकी मोटर बनाउने र कुकमा १०÷१० जना रहनुभएको कारितास नेपालको सुरक्षित वैदेशिक रोजगार कार्यक्रमका होम भट्टराईले बताउँनुभयो ।

तालिम समापन पछि सहभागितालाई विशेष कार्यक्रमका विच होटल क्वीन प्यालेस सुरुङ्गामा समापन समारोहका विच प्रमाणपत्र प्रदान गरिएको छ ।
तालिम समापन समारोहमा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले तालिमबाटै कनकाईको समृद्धि सम्भव भएको बताउँनुभएको छ । तालिमबाट सिकेका ज्ञान सीपलाई व्यावसायमा लगाउन समेत नगरप्रमुख पोखरेलले सबैलाई अनुरोध गर्नुभयो । एक बैँकको ढिलासुस्तीका कारण कनकाईका युवालाई प्रदान गर्न लागिरहेको युवा स्वरोजगारको रकम प्रदान गर्न नपाइरहेको भन्दै अवका हप्तादिन भित्रसमेत बैकले रकम लगानी नगरे नगरपालिकाले बैँकसगको सम्झौता तोडने समेत पोखरेलले बताउँनुभयो ।

कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई लगायातले सिकेका सीपलाई व्यावहारमा उर्तानका लागि अनुरोध गर्दै यसका लागि नगरपालिकाबाट समेत सहयोगको वातावरण हुने प्रतिवद्धता जनाउनुभयो । तालिममा सहभागिका तर्फबाट बोल्दै मिना सिटौला, रुद्र अधिकारी र सुजन आचार्यले बजारीकरण र चलपुजीका लागि नगरपालिका र दातृ निकायबाट सहयोगको आवश्यकता भएको बताउँनुभयो । साथै सहभागिले आफुहरुले सिकेको सीपबाटै पेशाको सुरुवात गरिसकेको समेत जानकारी गराइएको थियो । कारितास नेपालका क्षेत्रिय प्रमुख देवेन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा परियोजना अधिकृत हिमालयन अधिकारीको स्वागत र सुरक्षित वैदेशिक परियोजनाका कनकाई नगर प्रमुख विवेक शिवाकोटीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खबर