Kanakai Online

चेक वाउन्स मुद्धामा सुरुङ्गाका दिलकुमार कार्की पक्राउ


बिहिवार, साउन ५, २०७९ |

कनकाई अनलाईन
वाउन्स चेक मुद्धामा फरार सुुचीमा रहदै आउनुभएका झापा सुरुङ्गाका दिलकुुमार कार्कीलाई आज विहान इलाका प्रहरी कार्यालय सुुरुङ्गाले पक्राउ गरेको छ ।


आज बिहान साढे ७ बजेको समयमा सुरुङ्गा बजारबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुुर जिम्बा नेतृत्वको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो । कार्की राष्ट्रिय लेवलका पुर्व फुुटवल खेलाडी समेत हुन ।

पछिल्लो समयमा खेल क्षेत्रमा पुरै लागेका कार्कीले आफ्नै खर्चमा समेत खेलाडीलाई तालिम खेल सामाग्री खरिद र खेल खेल्न प्रायोजन समेत गर्दै आएका थिए । खेलमा लागेर व्यवहार विगारेका कार्कीलाई अदालतको चेक बाउन्सको मुुद्धामा एक बर्ष कैद र एक हजार जरिमाानाको सजाय सुनाइएको छ भने विगो १० लाख रुपैँया रहेको छ । झापा कनकाई नगरपालिका ३ का प्रधान होटलका संचालक समेत रहनुभएका मिनकुुमार प्रधानले कार्कीलाई चेक वाउन्सको मुद्धा हाल्नुुभएको हो । प्रधानलाई कार्कीले बैँकमा पैसा नभएको जान्दा जान्दै १० लाख रुपैँयाको चेक दिनुभएको थियो ।

सम्बन्धित खबर