धनबहादुर राई (सीलास )
सुरुङ्गा , हिजोआज जताततै जुनसुक्कै बेला आत्महत्या गरेका समाचार र दृश्यहरु देख्न र सुन्न पाइरहन्छन ।
गत भदौ ९ गते कनकाई नगरपालिका ३ टप्पुमा सविन भनिने गणेश माझिकी १८ सर्मिला माझिको घर नजिकैको बकाईनोको रुखमा झुण्डिएर शंकास्पद मृत्यु भयो । उनको मृत्यु हत्या कि आत्महत्या भन्ने बारेमा परिवारकै सदस्यले पनि याकिन गर्न नसकिरहेको उनका काका हर्क माझि बताउँछन ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जो यस घटनाको अनुसन्धान गरिरहेका छन उनले समेत शर्मिलाको मृत्युको कारण अन्य केहि नभएर झुण्डिएर आत्महत्याकै कारण भएको प्रारम्भिक रिपोट आएको वताउँछन । जसकारण शर्मिलाको मृत्युपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको मृतककी सुासुआमा र श्रीमानलाई छाडिदिएको छ ।
केही महिना पहिले प्रेम अन्तरजातीयताकै आधारमा असफल हुने भएपछि कनकाई नगरपालिका ७ का एक प्रेमजोडी सिसौको रुखमा झुण्डिएर आत्महत्या गरे ।
मृतकको नामथर नछाप्ने सर्तमा कनकाई ४ का एक ५८ वर्षे एक व्याक्तिकै एक अर्का व्याक्तिले गत भदौ १ गते आफनै घरमा राती १० बजे झुण्डिएर आत्महत्या गरेका छन ।
यता कनकाई ४ मै गत साउन ८ गते वर्ष ३० का सन्त क्षेत्रीले समेत आफनै घरआगनको बकाइनोको रुखमा झुण्डिएर दिउसै आत्महत्या गरेका छन । यता कनकाई ३ मा समेत यसैसाता एक फुयाँल थरका युवा घरमा दिउसै झुण्डिएर आत्महत्या गरेका छन उनको अहिले काजकिरिया चलिरहेको छ । यी त प्रतिनिधि घटना र पात्रमात्रै हुन अहिले कनकाई नगरपालिकामा आत्महत्याको सिजनै चलेको छ सानातीना मतभेद नमिलदै मानिसले आत्महत्याजस्तो मृत्युको बाटो रोज्नथालेपछि कनकाई नगरपालिकामा यो सबैका लागि टाउको दुखाईको विषय बनिदिएको छ ।
विश्वविकिपिडियाका अनुसार अत्याधिक आत्महत्या गर्ने देशहरु विश्वमा ७१ बटा छन जुन सुचीमा नेपाल प्रदैन तरपनि प्रहरी प्रधान कार्यालयका अनुसार विसम २०६९ र २०७० मा नेपालभित्रै ३९७४ जनाले आत्महत्या गरेका छन । विज्ञहरुका अनुसार सन २००४ मा मात्रै विश्वमा लगभग ४ लाख ६८ हजार मानिसले अकालमै आत्महत्या गरेका छन । जुन सङख्यामध्ये अत्याधिक ८० प्रतिशतको कारण डिप्रेसनका कारण हुने गरेको छ । यसवारेमा नेटमा सोसाइट ग्यामनै एप्सनै संचालनमा लयाइएको समेत छ ।
१७ वर्षभन्दा कम उमेरका किशोरकिशोरीलाई निशाना बनाइ संचालित यस ग्याम रशियान मानिसले संचालनमा लयाएका हुन । सन २०१३ देखि संचालित सो ग्यामको प्रभावमा परि हालसम्म १३० किसोर किसोरीले आत्महत्या गरिसकेका छन । सो ग्याम यसरी तयार गरिएको छ कि जो कोहीले सो ग्याम हेरिसकेपछि सहजै आत्महत्याका लागि राजी वा तयारी हुनेगर्दछ ।
आत्महत्या धार्मिक रुपमा समेत क्षमायोग्य हुदैन धार्मिक ग्रन्थ बाइवलका अनुसार आत्महत्या गरेको पाप यो जगतमा र अर्को जगतमा समेत क्षमाहुन सक्दैन । आत्महत्या गरेका आत्मालाई कहिले ननिस्कने अग्निकुण्ड नरकमा पुर्याउछ । उ कहिलेपनि मुक्तिपाउने छैन सर्धै रुर्दै हिडनुपरर्ने छ ।
किन गर्छन मानिसले आत्महत्या ?
सबैबाट वेवास्ता , अपमान , बदनाम , बेइज्यात , ज्यादै दुःख , संकट र आपत र कष्ट आइपरेको खण्डमा वाचिरहनुभन्दा मृत्युनै ठिक सम्झनेहरुले आत्महत्या जस्तो कठोर निर्णय लिन पुग्छन ।
तर आत्महत्यापछिको भयाभय अवस्था यसबाट समाज , परिवार र देशलाई पार्नसक्ने भयानक प्रभावका वारेमा नत सरकार र सरोकारवाला निकाय सचेत छ नत समाज र नागरिक समाजनै यसवारेमा हामी सवैँले आफनो आफनो स्थानबाट सोच्नु जरुरी बनिसकेको छ ।
सुरुङ्गा झापा