कनकाई अनलाईन
लामो समयदेखि अव्यवस्थित तथा भुुमिहिन रुपमा बसोबास गर्दै आएको झापा बुुद्धशान्ति गाउँपालिकाका २८ घरपरिवारका सदस्यले भुुमि आयोगबाट एकसाथ जग्गाको धनीपुुर्जा बितरण गरिएको छ ।
भुमि आयोगका केन्द्रिय अध्यक्ष केशवकुुमार निरौलाको हातबाट अव्यवस्थित बसोबासी र सुुकुुमबासीहरुलाई पहिलोपटक प्रमाणपत्र वितरण गरिएको हो ।
यस अघि सुकुम्बासी र दलितहरुलाई धनिपुर्जा वितरणको कार्यक्रम भएको छ तर झापा बुद्धशान्तिमा पहिलोपटक अव्यवस्थित बसोबासीलाई समेत जग्गा धनीपुुर्जा बितरण गरिएको अध्यक्ष निरौलाले बताउँनुुभयो । बुुद्धशान्ति गाउँपालिका २ का २८ परिवारले आफुुले जोतभोग गरेको आधारमा जग्गाको धनीपुुर्जा पाएका हुुन ।
मालपोत कार्यलय झापाका प्रमुख मालपोत अधिकृत योगेन्द्र प्रसाद दुलालले झापामा यो धनिपुर्जा वितरणको यो पहिलो चरण भएको भन्दै यस कार्यले झापाले निरन्तरता पाउने बताउँनुुभयो ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बुद्धशान्तिका सम्पुर्ण भूमिहिन,सुकुम्बासी र अव्यवस्थित बसोबासीले अब धमाधम धनिपुर्जा प्राप्त गर्ने बताउँनुुभयो । प्रसाईले आफुुले निर्वाचनका वेला गरेको प्रतिवद्धता अनुुसार पालिकामा ५ हजार बढी पालिकावाशीलाई धनीपुुर्जा बितरण गरिएको प्रसाईले बताउँनुुभयो ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी,छविलाल रिजाल,जिल्ला समन्वय समिती अध्यक्ष विश्व बराल लगायत राजनीतिक दलका प्रदेश र जिल्ला स्तरका नेताहरुको सहभागीता रहेको थियो ।
धनिपुर्जा प्राप्त गर्ने बुद्धशान्ति पालिका २ कि डम्बरकुमारी खड्काले जनप्रतिनिधि र आयोगका कारण धनीपुुर्जा पाएको बताउँनुुभयो । जग्गा भएर पनि पुुर्जा नहुुदा बैँकमा राख्न लगायानतको काममा समस्या रहेको खडकाले बताउँनुुभयो ।
हातमा धनीपुर्जा देखाउदै खडकाले धेरै बर्षदेखी आउला कि भनेर पर्खिएर बसेको भन्दै आफ्नो सपना बल्ल पुुरा भएको बताउँनुुभयो ।
आयोगले बुद्धशान्तिका ७ वटै वडामा गरी ५४०० बढिको सुची तयार गरेको र आवश्यक अध्ययन गरी निस्सा र क्रमशः धनिपुर्जा वितरण गर्ने गाउँपालिका अध्यक्ष प्रसाईंले बताउनुुभयो । झापाका १५ पालिकामै यो समस्या रहेको र सबै पालिकाहरुमा आयोगले कार्यालयबाट नापी, निस्सा प्रदान, फर्म भर्ने लगायातका काम गरिरहेको आयोगका अध्यक्ष तिलक पाण्डेले बताउँनुुभयो ।