Kanakai Online

म कुनै स्वतन्त्र अभियानमा छुइन भक्ति सिटौला


बिहिवार, असार ३०, २०७९ |

कनकाई अनलाईन
नेपाली कांग्रेस झापाका नेता तथा महाधिवेशन प्रतिनिधि भक्ति सिटौलाले आफुु कुुनैपनि स्वतन्त्र नामको राजनैतिक संगठनमा आवद्ध नभएको स्पष्ट पार्नुुभएको छ ।


सिटौलाको नाम दिएर आगामी निर्वाचनमा स्वतन्त्र पार्टीका तर्फबाट प्रदेश निर्वाचनमा सिटौलाले उम्मेद्धारी दिने भन्ने समाचार बाहिरिएसगै सिटौलाले आफुु नेपाली कांग्रेसको विगत ४० बर्षदेखि सच्चा सिपाई भएकोले पार्टी लाइनभन्दा वाहिर आफुु नजाने भन्दै पार्टीले आफुुलाई जुुनसुुक्कै पदमा उम्मेद्धारी बनाएमा उठने तर आफुुखुुसी स्वतन्त्र पार्टी वा अन्य पार्टीबाट भने उम्मेद्धारी नदिने समेत बताउँनुुभयो । आफुु पार्टीको निष्ठावान कार्यकर्ता भएकोले मेरा लागि यसरी स्वतन्त्र पार्टीमा उम्मेद्धारी दिनुु कल्पना भन्दा बाहिरको कुुरा हो सिटौलाले भन्नुुभयो ।

म अन्य पार्टीको कुनै मिटिङ बैठक र गतिविधिमा समावेश छैन मेरो नाम कसरी मिडियामा आयो सिटौलाले भन्नुभयो । आफ्नो वारेको समाचार वाहिरिएपछि आफ्ना सुुभचिन्तक सहयोगीको भावनामा समेत चोट पुुगेको नेता सिटौलाले बताउँनुुभयो । पार्टीले गठबन्धन गरेर फरक दलका नेतालाई उम्मेद्धारी बनाएपनि आफु पार्टीको निष्ठावान कार्यकर्ता भएकोले उसलाई जिताउन लागिपर्ने समेत प्रतिवद्धता जनाउनुुभयो । सिटौलाले आफुु पार्टी निति वाहिर जान लागेको भन्ने भ्रममा नपर्न समेत सबैसमक्ष अनुरोध गनुभएको छ । सिटौला दुई कार्यकाल नेपाली कांग्रेस झापाको सचिव रहिसक्नुभएको छ ।

सम्बन्धित खबर