कनकाई अनलाईन
झापाको बिर्तामोड शनिश्चरे सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट फिदिम–५ पाँचथर घर भइ झापा बुद्धशान्ति–२ जयपुर बस्ने २४ बर्षीय कुमार खनालको मृत्यु भएको हो ।
शनिवार राती खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल कप्तानबारी चोक नजिकै सडकबाट नालीमा खस्दा खनालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । खनालको शव सडक किनारमा बिहान पैदल यात्रीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
शनिश्चरेस्थित एक फर्निचरमा काम गर्ने खनाल शुक्रबार मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन्छु भनेर घरबाट हिडेको पारिवारिक श्रोतले जनाएको छ ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा