Kanakai Online

भारतीय नागरिक हत्या काण्डमा संग्लन थप एक प्रक्राउ


शुक्रवार, असार २४, २०७९ |

कनकाई अनलाईन
गत असार १२ गते हत्या गरेर झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा फ्याँकिएका भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाईको हत्या आरोपमा फरार थप एक जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । हत्या गरेर फरार भएका सुन्दर हरैँचा–६ मोरङका २४ बर्षीय सैलेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । उनी हत्याका लागि सुपारी लिएर काम गरेको प्रहरीको दावी छ ।


प्रहरीले सापकोटालाई शुक्रवार नेपाल भारत सीमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा, निजका श्रीमान ४९ वर्षीय विजय भन्ने बृख बहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–१० बस्ने २५ बर्षीय सुरेश परियारलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । सापकोटा जानुकाको फुपुको छोरा भएको प्रहरीले बताइएको छ । पक्राउ परेका सापकोटाले जानुकाबाट सुपारीबापत एक लाख रुपैयाँ लिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । भारतीय नागरिक र प्रकाउ परेकी जानुका सापकोटाबिच अनैतिक सम्बन्ध रहेको र सो खुल्ने भयले जानुकाकै मुख्य योजनामा हत्या पछि शवलाई ह्रयुमपाइपभित्र फालेको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्या गरिएका भारतीय नागरिक भारत सरकारको रोजगारीमा रहेको समेत खुलेको छ ।

सम्बन्धित खबर