कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ४ जनता बजारमा आइतबारदेखि माछापुछ्रे बैंकको शाखारहित सेवा सुरु गरेको छ ।
आइतवार झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले बैकको १६७ औ शाखा रहित उक्त सेवा केन्द्रको उदघाटन गर्नुभएको हो । उक्त साखाबाट बैँकखाता खोल्न, सम्पुर्ण रेमिटको सेवा, खातामा रकम जम्मा गर्न तउदथा सामाजिक सुरक्षा रकम झिक्न समेत सकिने लगायातका बैँकका ७० प्रतिशतका कामहरु सबै गर्न सकिने उक्त बैँकले जनाएको छ ।
उदघाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, समाजसेवी, व्यापारी व्यावसायी लगायातको उपस्थिति रहेको थियो ।