कनकाई अनलाईन
यौन हिंसामा परेका तथा सडक वालवालिकाहरुसग यहाँस्थित बंगाली सवा समाज कनकाईले दहि चिउरा खाएर असार १५ मनाएको छ ।
कनकाई नगरपालिका १ स्थित सुस्त श्रवण सरोकार समाज नेपालको आश्रममा रहेका वालवालिकासामु असार १५ को दहि चिउरा खानको साथै वालवालिकाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
बंगाली सेवा समाज कनकाईका अध्यक्ष पंकज मण्डलका अनुसार आश्रममा रहेका वाललालिकालाई समाजले खाद्यान्न सहयोग गर्नुका साथै उनीहरुलाई असार १५ को दहि चिउरा खुवाइएको हो । सुस्त श्रवण सरोकार समाजकी अध्यक्ष शान्ता पोखरेल ( भगिरथा)का अनुसार यस आश्रममा हाल २० जना फरक क्षमता भएका सडक वालवालिका, यौन हिंसामा परेका फरक क्षमताका वालवालिकाहरु रहदै आएका छन ।
उनीहरुलाई विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामाजिक व्याक्तित्वहरुद्धारा प्रदान गरिने सहयोगबाट उक्त आश्रम संचालित रहेको छ ।
असार १५ को दहि चिउरा खाने कार्यक्रम तथा सहयोग हस्तानतरण कार्यक्रममा कनकाई नगरपालिका १ की वडासदस्य निर्मला खडका ,कनकाई लायन्स क्लवका पुर्व अध्यक्ष एमव् संचारकर्मी मनोज बस्नेत, वंगाली सेवा समाजका गोविन्द शाह लगायातले समाजले औपचारिकताका लागि नभएर साचो अर्थमा सेवा गरेको बताउँनुभयो ।
केहि बर्ष पहिले मात्रै यस क्षेत्रमा गठन गरिएको यस बंगाली सेवा समाजले होलि मिलन, देउसी भैलो लगायातका कार्यक्रमहरु संचालन गरिसकेको समाजका अध्यक्ष पंकज मण्डलले बताउँनुभयो ।