Kanakai Online

कनकाई नगरपालिकाको बजेट ७३ करोड ८५ लाख


शुक्रवार, असार १०, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० का लागि ७३ करोड, ८५ लाख ६१ हजार, ४२० रुपैँयाको बजेट बिनियोजित भएको छ ।


नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले नगरपालिकाको ११ औ नगरसभामा उक्त बजेट पेश गनुभएको हो । उक्त बजेटमा ६८ बर्षमाथिका उमेर पुगेका र तोकिएका समुहका व्याक्तिहरुको करिव २५ करोड रुपैँया सामाजिक सुरक्षा भक्ता बापतको रकम भने समावेश नगरिएको शिवाकोटीले बताउँनुभयो ।

बजेटमा संघिय सरकारबाट प्राप्त हुने १५ करोड ९ लाख रुपैँया अनुदान रकम, प्रदेश एक सरकारबाट प्राप्त अनुदान रकम ८२ लाख ९९ हजार, प्रदेश सरकारबाट प्राप्त मालपोतको राजस्व बाँडफाडबाट प्राप्त हुने १० करोड ३ लाख रकम, प्रदेश सरकारको सवारी कर र घरजग्गा रजिष्ट्रेशनबापत प्राप्त हुने २ करोड, नगरपालिकाबाट प्राप्त आन्तरिक आयबाट प्राप्त हुने ८ करोड १५ लाख ३० हजार रकमलाई बिभिन्न शीर्षकमा बिनियोजन गरिएको नगर उपप्रमुख शिवाकोटीेले बताउँनुभयो ।
जसमा कृषि तथा पशुपक्षी कार्यक्रममा २ करोड २५ लाख रकम बिनियोजन गरिएको छ । यसैगरि शिक्षामा २ करोड ५ लाख, स्वास्थ्यमा १ करोड ५० लाख, खानेपानी र सरसफाईमा ५० लाख, वन वातवरण, सस्कृति तथा पर्यटनमा ३० लाख, खेलकुदमा ३५ लाख, महिला वालवालिका तथा लक्षित बर्ग र संस्थागत सहयोगमा २ करोड २२ लाख, विद्युत विस्तारमा ३५ लाख लगायात रहेको छ ।
यसैगरि कनकाई नगरपालिकाका ९ वटै वार्डलाई ९ करोड ६ लाख १३ हजार रुपैँया बिनियोजन गरिएको छ ।
यस बर्षको बजेटमा कृषि र पशुपालनको रुपान्तरण र प्रविधिको प्रयोग वढाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाइने, गरिब र भुमिहिनलाई व्यावस्थापन गरिने, पर्यटकिय क्षेत्रको उजागर गरि आर्थिक विकास गरिने लगायातका बजेटका प्राथमिकता रहेको नगर उपप्रमुख आशाशर्मा शिवाकोटीले बताउँनुभयो । कार्यक्रम नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको सभापतित्व एवम् नगरका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेको संचालनमा भएको थियो ।
भद्रपुर नगरपालिकाको बजेट ९१ करोड ३४ लाख
भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रम सहित आर्थिक वर्ष २०७९÷०८० को वजेट नगर सभाले सर्व सम्मत स्वीकृत गरेको छ ।
नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आय व्यय समेटिएको वजेट नगर सभाले अनुमोदन गरेको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमका लागि ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।
भद्रपुर नगरपालिकाको ११ औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आर्थिक विकासतर्फ ३ करोड ५१ लाख, सामाजिक विकासतर्फ ३२ करोड ६० लाख ७३ हजार, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८३ लाख ५० हजार, संस्थागत विकास÷सेवा प्रवाह÷सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ १६ करोड ४५ लाख र पूर्वाधार विकासतर्फ ३७ करोड ९४ लाख गरी ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।
चालु आर्थिक वर्ष २०७८÷०९८ मा नगरपालिकाको बजेट ८३ लाख १३ लाख २ हजार रहेको थियो । आगामी आर्थिक वर्षका लागि ८ करोड २१ लाख २१ हजार बजेट बढी ल्याएको छ ।
ल्याएको अनुमानित बजेट खर्च व्यहोर्ने श्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ५ करोड १५ लाख, योजनामा जनसहभागिताबाट २ करोड ७ लाख, राजश्व बाँडफाँडतर्फ संघबाट १२ करोड ६८ लाख ६२ हजार, प्रदेशबाट ८० लाख, स्थानीयबाट ४ करोड ६३ लाख ५३ हजार गरी राजश्व बाँडफाँडबाट जम्मा १८ करोड १२ लाख १५ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समीकरण अनुदानबाट २१ करोड ३४ लाख ८५ हजार, समपूरक अनुदानबाट २ करोड, सशर्त अनुदानबाट २९ करोड १५ लाख २३ हजार, विशेष अनुदानबाट २ करोड ५० लाख गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ४५ करोड ८ हजार रहेको छ ।
नगरपालिकाको आन्तरिक आय, योजनामा जनसहभागिता, राजश्व बाँडफाँड र वित्तीय हस्तान्तरणबाट अपुग हुने ११ करोड चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमहरू सञ्चालन नभई बाँकी रहेको रकम तथा संघ तथा प्रदेशबाट राजश्व बाँडफाँडबाट प्राप्त भएको बढी रकमबाट बचत मौज्दातबाट व्यहोर िने अनुमान गरिएको नगर प्रमुख गणेश पोखरेलले बताउँनुभयो ।

सम्बन्धित खबर