कनकाई अनलाईन
हरेक गाउँ र टोलमा निर्वाचन पछि एउटै हल्ला सुनिने गरेको पाइन्छ । निर्वाचन जितेपछि उम्मेद्धार नेताले नाक मुख देखाएनन । निर्वाचन हार्ने उम्मेद्धारहरुबाट भने स्थानीयको त्यति धेरै आशा र अप्रेक्षा भने नहुने गरेको पाइएको छ ।
तर यसको ठिक उल्टो काम हाल कनकाईमा भइरहेको छ । निर्वाचन जित्ने उम्म्ोद्धारहरु हालपनि गाउँ र टोलमा बधाई शुभकामना थाप्न भ्याई नभ्याई छ तर निर्वाचन हारेका शेरबहादुर थापा भने निर्वाचनका दौरानमा आफुले बोलेका स्थानमा प्रतिवद्धता पुरा गर्न लागि पर्नुभएको छ । नेपाली कांग्रेसले आफुलाई टिकट नदिएपछि स्वतन्त्र उम्मेद्धारी दिएर लोकप्रिय मत ल्याउन सफल थापा कहिले बिरामीकोमा औषधि र खानेकुरा त कहिले खेलाडीलाई जर्सी गरिबलाई बाख्रा उपहार लिएर घरघरमा पुगिरहेका छन । यसैक्रममा शनिवार थापा कनकाई नगरपालिका ३ स्थित कनकाई टोलमा विग्रिएको बाटो मर्मत गर्न आफै स्काभेटर लिएर पुगे ।
निर्वाचनका वेला तीनै तहका सरकारले आफ्नो बाटो नहेरेको भन्दै स्थानीय जनताले नेतालाई भोट माग्नै प्रवेश निषेध गर्दै बाटो बन्द गरेपछि शेरबहादुर थापाले स्थानीयसग आफुले निर्वाचन जिते एक महिनाभित्र न हारेपनि यदि नगरपालिका वा अन्य तहको सरकारबाट बाटो निर्माण नगरे गोजीक्कै पैसा हालेर पनि बाटो पिच गरिदिने प्रतिवद्धता जनाएपछि गाउँलेले बाटो खोलेका थिए । हाल उक्त बाटो हिलाम्मे भएर हिडिनसक्नु भएको छ । थापाले निर्वाचन हारेपनि उनी शनिवार उक्त बाटोमा आफै गाडी लिएर बाटो मर्मतमा जुटेका थिए ।
उक्त दृश्य देखेपछि कनकाई टोलवाशी तीनछक्क परेको स्थानीय भुतपुर्व प्रहरी निरिक्षक समेत रहनुभएका पदमप्रसाद मैनालीले बताउँनुभयो । पहिले थापाले भोटका लागि यस्तो भनेका हुन भन्ने थियो तर हाल साच्चै नेताचाहि थापा हुन भन्ने भयो । मैनालीले भन्नुभयो । थापाले आफुहिडने बाटो निर्माण गर्न थालेपछि स्थानीयको थापासग सेल्फी खिच्न तछाड मछाड भएको थियो भने केहिले शेरबहादुर थापाको पक्षमा नारा समेत लगाएका थिए । हिलाम्मे बाटो थापाले मर्मत गरेपछि हिडनहुने भएको छ । अवको केहि महिनाभित्र पनि सो बाटो देशका तीनै तहको सरकारले नबनाइदिएमा आफ्नै खर्चमा पिच गरिदिने थापाले बताउँनुभयो । यसअघि पनि बाटो बनाउन तयार रहेकोमा त्यसबेला निर्वाचन आचारसंहिताले गर्दा काम गर्न नपाएको थापाले बताउँनुभयो । अझैपनि देशका सरकारबाट बाटो निर्माण नभएरमा सो मार्गकै नाम शेरबहादुर थापा मार्ग राखिने स्थानीय रमेश मैनालीले बताउँनुभयो ।
कहिल्यै मानिस हिडडुल नर्गने बाटोहरु उहिल्यै पिच भइसके तर वार्डकार्यालय बजार क्षेत्र जाने यस हाम्रो बाटो जहिल्यै हिलोको हिलो भयो अव जसले बाटो बनाइदिन्छ रोडको नाम पनि उसैको राख्ने हो र भोट पनि उसैलाई हाल्ने हो स्थानीय जितेन्द्र श्रेष्ठले भन्नुभयो । स्थानीय जनताको चाहना नबुझ्ने हो भने देशमा दल सिस्टमनै असफल हुनसक्ने नेपाल पत्रकार महासंघकका प्रदेश सदस्य समेत रहनुभएका स्थानीय पत्रकार लीलाराज झापालीले बताउँनुभयो । कनकाई नगरपालिकामा केहि प्राविधिक कारण स्वतन्त्र उम्मेद्धारको हार भएपनि वार्डनम्बर ३,६ नम्बरमा स्वतन्त्र उम्मेद्धार झिनो मतले पराजित हुदा कनकाईको मेयर पदमा समेत स्वतन्त्र उम्मेद्धार शेरबहादुर थापाले सम्मानजनत मत ल्याउनुभएको थियो । म निर्वाचनमा उठछु र जनताले भोट हालेर जिताउलान भन्ने कहिल्यै आफुले स्वार्थ राखेर जनताको काममा आफु नहिडेको तर आफ्नो साथ जहिल्यै जनतालाई रहने शेरबहादुर थापाले बताउँनुभयो ।