कनकाई अनलाईन
प्रेस युनियान झापाको बार्षिक साधरणसभाको अशरमा अग्रज पत्रकार गोविन्दचन्द्र छेत्री र जोश्ना श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
विर्तामोडमा आयोजित कार्यक्रमका बीच दुई पत्रकारसहित भर्खरै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसहित १२ जनालाई शनिवार सम्मान तथा पुरस्कृत गरिएका छ ।
युनियनको पुरस्कार अक्षयकोषका दातालाई समेत सम्मान गरिएको होे । प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीले पत्रकारद्धय जनप्रतिनिधि र दाता परिवारलाई सम्मान गर्नुभएको हो ।
यज्ञप्रसाद र सकुन्तला पाठकले दिवंगत बुबाआमा टंकप्रसाद रमादेवी पाठकको स्मृतिमा स्थापना गरेको टंकप्रसाद–रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कारबाट गोविन्दचन्द्र छेत्री, तथा टीकादेवी–कृष्णकुमार संग्रौलाले प्रेस युनियनमा स्थापना गरेको रमादेवी–टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो विराटमा कार्यरत जोस्ना श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।
यसैवर्षदेखि वितरण प्रारम्भ गरिएको पुरस्कारको राशी जनही ११ हजार एकसय रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।
त्यसैगरी अक्षयकोषका दाताहरु शिव कँडेल, पार्वता खरेल विमली, गंगाप्रसाद मैनाली, कृष्ण गिरी लगायतलाई सम्मान गरिएको कार्यक्रममा पुरस्कार अक्षयकोषका दाता यज्ञप्रसाद–सकुन्तला पाठक, टीकादेवी –कृष्णकुमार संग्रौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्थानीय तहमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिकाकी उपाध्यक्ष अन्जु थपलियासहितलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।


