कनकाई अनलाईन
कनकाई उद्योग वाणिज्य संघको निर्वाचन समितिद्धारा सामुहिक राजीनामा दिएसगै यसको नवनिर्वाचिन समितिको वैधानिकतामाथि प्रश्न उठेको छ ।
निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडाल र सदस्यहरु लीलाप्रसाद भेटवाल र त्रिलोचन उप्रेतीले सयुक्त प्रेस विज्ञप्ति जारी गरि सामुयिक राजीनामा दिएका हुन । गत २०७८ साल चैत्र २० गतेको सातौ बार्षिक साधरणसभाबाट गठित उक्त समितिले विधानत ४५ दिनभित्रै नयाँ समितिलाई कार्यभार सुम्पन्नेगरिको जिम्मेवारी पाएकोमा नयाँ समिति गठन गर्न सकेपनि पद जिम्मा लगाउन र सपथ ग्रहणको काम गराउन नसकेको र सपथका लागि नयाँ समितिले असयोग गरेको आरोप निर्वाचन समितिका संयोजक प्रकाश चुडाल लगायातको टिमले लगाएको छ । यता नव निर्वाचित समितिका अध्यक्ष तुलसी बिमलीले भने निर्वाचन र कतिपय आफ्नै कमीकमजोरी र फुसर्दको अभावले पदको सपथ लगायातका काम हुन नसकेको बताउँदै आएका छन । यता निर्वाचन समिति र नयाँ समितिको वैधानिकतालाई लिएर सदस्यहरुबाटै निवेदन परेपछि निर्वाचन समितिले सामुहिक राजीनामा दिएको छ । राजीनामा पत्रमा समेत विधानत सहयोग माग गर्दा नव निर्वाचि समितिबाट असयोग भएको कारण देखाइएको छ । राजीनामा पत्रमा नवनिर्वाचिन समितिका अध्यक्षद्धारा मानहानी गरेको सम्मको आरोप लगाइएको छ ।
नवनिर्वाचित समिति सर्वसम्मत रुपमा निर्वाचित भएपनि पदस्थापना नभई निर्वाचन समितिले राजीनामा दिएपछि कनकाई उद्योग वाणिज्य संघको समस्या चुलिएर गएको छ भने निर्वाचन समितिले नयाँ समिति नआउन्जेलसम्म पुरानै त्रिलोचन चिमरिया नेतृत्वको समिति सक्रिय हुने बताएको छ ।