Kanakai Online

कनकाई उद्योग वाणिज्य संघको नवनिर्वाचित समिति अवैधानिक भन्दै उजुरी


शनिवार, जेठ २१, २०७९ |

कनकाई अनलाईन
निर्वाचन सकिएको महिनौ दिन वितिसक्दापनि सपथ नगराउदा कानुनी र व्यावहारिक रुपमा वैधता सकिएको भन्दै कनकाई उद्योग वाणिज्य संघको निर्वाचन समितिलाई बाटो खोल्न सदस्यहरुद्धारा निवेदन दिएका छन ।


दुई चरणमा गरेर ५५ सदस्यीय कनकाई उद्योग वाणिज्य संघका सदस्यहरुद्धारा निर्वाचन समितिमा नयाँ समिति चुनिएको भनिएको ४५ दिनसम्ममा पदस्थापना भइसक्नुपर्नेमा ९० दिनवितिसक्दापनि सो हुन नसकेको र उद्योगी व्यावसायीका समस्या समाधान र दैनिक काम कार्वाहीमा समस्या भएको भन्दै निर्वाचन समितिलाई मार्ग प्रसस्त गर्न भनि निवेदन दिइएको छ । निर्वाचन समितिमा यस प्रकारको निवेदन व्यावसायीबाटै आएको कनकाई उद्योग वाणिज्य संघ निर्वाचन समितिका संयोजक प्रकाश चुडालले पुष्टि गर्नुभयो । निर्वाचन समिति कानुनी रुपमा तल परिसकेको भन्दै यसको निकास खोज्न आजै पुर्व अध्यक्ष, सल्लाहकार सहितको राजनैतिक दलहरुको सर्वपक्षिय भेला बोलाइएको र सो सल्लाहपछि २४ घण्टाभित्रै आफुहरुले निकास दिन लागेको समेत चुडालले बताउँनुभयो । सबैकुरा कानुन र विधान हेरेर मात्रै पनि हुदैन व्यावहारिक पक्ष पनि हेर्नुपर्छ हामीले सबैसग सल्लाह गरेर उचित निकास दिन्छौ चुडालले भन्नुभयो । आफुहरुले निर्वाचन सकेको ३ दिनदेखि पटक पटक नयाँ कार्यसमितिलाई सपथ र पदस्थापनाका लागि अनुरोध गर्दागर्दै तोकिएको समयसिमाभन्दा दोब्बर समय यता आइसकेको समेत निर्वाचन संयोजक चुडालले बताउँनुभयो । यता नवनिर्वाचित कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमली केहि ढिलाई भएपनि त्यतिसाह्रो विग्रिने गरिको गल्ती कमजोरी भने नभएको बताउँनुभयो । निर्वाचन लगायातका कतिपय हाम्रै कारणले सपथ ग्रहणमा ढिलाई भएको हो । हामीले पनि कार्यक्रममा जादा नवनिर्वाचित अध्यक्ष उपाध्यक्ष भनेर सपथ ग्रहण गरेका छौ यसलाई तिललाई पहाड बनाउनुहुन्न निर्वाचन भन्दा पनि सहमतिकै आधारमा नयाँ समिति गठन भएको कारणले सहमतिबाटै समस्याको निकास निकाल्नुपर्छ बिमलीले भन्नुभयो ।

समस्या देखापरेपछि समस्याबाट भाग्नु र चर्काउनुभन्दा जसजसबाट कमीजोरी भएको हो स्वीकार गरि चाडै सपथ ग्रहणको वातावरण मिलाउनुनै उचित समस्याको समाधान हुने नेकपा माओवादी केन्द्र कनकाईका अध्यक्ष यामनाथ सेडाईँले बताउँनुभयो ।

सम्बन्धित खबर