Kanakai Online

नव दम्पत्तीले सुरुङ्गाको असक्त बालवालिकालाई गरे खाद्यान्न सहयोग


शुक्रवार, जेठ २०, २०७९ |

कनकाई अनलाईन
भर्खरै मात्र वैवाहिक जीवनमा बाँधिएका झापा बिर्तामोडका मुकेश खनाल र अन्जना भट्टराईद्वारा झापाको कनकाई नगरपालिका १ स्थित सुस्त मनस्थिति मानविय सरोकार समाजमा रहेका असक्त बालबालिकालाई खाद्यान्न वितरण गर्नुभएको छ ।

कनकाई १ स्थित कनकाई नगरपालिका छेरमा रहेको अपाङ्ग अशक्त मानसिक र शारिरीक रुपमा अशक्त वालवालिका रहेको वाल गृहमा रहेका वालवालिकालाई बिर्तामोडका युवा मुकेश खनाल र उहाँकी श्रीमती अन्जना भट्टराईद्धारा खाद्य सामाग्री वितरण गर्नुभएको हो ।
झापाका युवा अभियानकर्मीहरु नितेश ओलि र टिकाराम बास्तोलाको समन्वयमा संक्षिप्त कार्यक्रमको आयोजना गरि खाद्य सामाग्री वितरण भएको हो । मुकेश र अन्जना केही दिन अघि मात्र वैवाहिक जीवनमा बाधिनु भएको हो । आफ्नो वैवाहिक कार्यक्रमको अवसर पारेर खाद्यान्न सामाग्री वितरण गरेको मुकेश खनालले बताउनु भयो । उहाँ रोजगारीका लागि कोरियामा बसेर पनि झापा मा सामाजिक कामहरु गर्दै आउनुभएको छ ।
अनाथ, अपाङ्ग, अशक्त बालवालिका साथै विपन्न वर्ग र समुदायकालागि आवश्यक सहयोग गर्ने उदेश्यले सधैं अग्रसर भएर लाग्ने खनालले प्रतिवद्धता जनाउनुभयो । खनाल दक्षिण कोरियाका लागि झापाली समाजका महासचिव समेत रहनुभएको छ । सहयोगी मनहरुले गरेको सहयोगबाट सुस्त मनस्थिति मानवीय सरोकार समाजमा रहेका असक्त वालवालिकाहरुको पालन पोषण हुदै आएको समाजकी अध्यक्ष भगिरथा चापागाई पोखरेलले बताउँनुभयो ।

सम्बन्धित खबर